पाँचथरमा एक वर्षको अवधिमा ६ सय वढी हेक्टरमा सिंचाई सुविधा पुग्यो

जितेन्द्र भण्डारी   POSTED ON : आश्विन १८, २०७८ (१२:२२ PM)

 पाँचथरमा एक वर्षको अवधिमा ६ सय वढी हेक्टरमा सिंचाई सुविधा पुग्यो

पाँचथर । पूर्वी पहाडि जिल्ला पाँचथरमा एक वर्षको अवधिमा ६ सय वढि हेक्टर क्षेत्रफल जमिनमा सिंचाई सुविधा पुगेको छ ।

आर्थिक वर्ष ०७७/०७८मा  जिल्लाको १० वटा आयोजनाको काम सम्पन्न हुँदा ६ सय ७० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको जलश्रोत तथा सिंचाई विकाश डिभिजन पाँचथरले जनाएको छ ।

लुङखुवा कुलो सिंचाई योजना फाल्गुनन्द ५ मा ८० हेक्टर क्षेत्रफलमा,कन्याटार मादिबुङ सिंचाई योजना फिदिम नगरपालिका ६ सिवामा ४० हेक्टर क्षेत्रफलमा,मेवाखोला डाँडाटोल ज्यामिरे सिचाई योजना मिक्लाजुङ ६ लिम्बामा ३५ हेक्टर क्षेत्रफलमा,खङखोला चौतारे पच्चिसे सिचाई योजना फिदिम नगरपालिका १० खलंगटारमा ४५ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको कार्यालयले जनाएको छ ।

 यस्तै सिबुवा तिनखोले खत्रीगाउँ छापे फिदिम नगरपालिका १२ मा १ सय ३० हेक्टर क्षेत्रफलमा,आकाशे पोखरी सिचाई योजना फाल्गुनन्द ८ मा ९ हेक्टर क्षेत्रफलमा,गोहोरे कुशुमे लामिवगर लिफ्ट सिंचाई योजना मौवा ५ र ६ मा १७ हेक्टर क्षेत्रफलमा,कुवेर कुलो सिंचाई योजना फिदिम नगरपालिका १३ मा ९८ हेक्टर क्षेत्रफलमा,मावेवा कुलो सिंचाई योजना फालेलुङ ७ मा १ सय ११ हेक्टर क्षेत्रफलमा र फोक्टे सुमसिङ सिचाई योजना फिदिम नगरपालिका १४ मा  १ सय ५ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको छ । अहिले सम्म जिल्लामा ५ हजार ५ सय २९ हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको कार्यालय प्रमुख तेज प्रसाद दाहालले जानकारी दिनुभयो । 

 सन् २०२७ सम्ममा पाँचथरमा सिंचाई योग्य जमिनको ९७ प्रतिशत अर्थात १० हजार ४ सय ३८ हेक्टर जमिनमा सिंचाई सुविधा पुरयाउने लक्ष्य अनुरुप अहिले काम भइरहेको उहाँले बताउनुभयो । 

पाँचथरमा कुल क्षेत्रफलको १ लाख २५ हजार २ सय ८९ हेक्टर क्षेत्रफल जमिन रहेकोमा कृषि योग्य जमिन ६० हजार २ सय ५६ हेक्टर क्षेत्रफल र सिंचाई योग्य जमिन १० हजार ७ सय ६८ हेक्टर क्षेत्रफल रहेको छ ।


Top