प्रदेश नं १ मा १०३ जनामा कोरोना सङ्क्रमण, चार जनाको मृत्युु

हिमालय टाइम्स   POSTED ON : आश्विन ३१, २०७८ (९:१९ PM)

प्रदेश नं १ मा १०३ जनामा कोरोना सङ्क्रमण, चार जनाको मृत्युु

विराटनगर । लगातार कोरोना सङ्क्रमण दर घटिरहेको अवस्थामा प्रदेश नं १ मा आज पुनः १०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मोरङमा ५५, झापामा १९, सुनसरीमा १५, इलाममा सात, उदयपुरमा पाँच र प्रदेश बाहिरका दुई जना गरी सो सङ्ख्यामा कारोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै ३५ महिलासहित १०६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा एक महिलासहित चार जनाको मृत्यु भएको जनाइएको छ ।

Top