करिव चार सय रोपनीको अवैध गाँजा नष्ट

  POSTED ON : मंसिर १४, २०७८ (११:२२ AM)

करिव चार सय रोपनीको अवैध गाँजा नष्ट

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा प्रहरीले अवैध गाँजा खेती नष्ट अभियान तीब्र बनाएको छ । प्रहरीले जिल्ला भित्रका बिभिन्न ठाउँबाट करिव चार सय रोपनीको गाँजा नष्ट गरेको हो । 

प्रहरीले हालसम्म ३ सय ७८ रोपनी जग्गाको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकृत प्रहरी निरीक्षक जिवन कुँवरले जानकारी दिनु भयो । प्रहरीले मंसिर १३ गतेसम्म प्रहरी निरीक्षक जसबहादुर लिम्बुको नेतृत्वमा इलाका प्रहरी कार्यालय घोडेटार तथा मातहत र सशस्त्र बेश क्याम्प घोडेटारबाट खटिएको संयुक्त प्रहरी टोलीले हतुवागढी गाउँपालिका, होम्ताङ, हसनपुर, पात्लेपानी, चुहार, पिपलडाँडा लागायतका बिभिन्न क्षेत्रको गाँजा नष्ट गरेको सुचना अधिकृत प्रहरी निरीक्षक कुँवरले बताउनुभयो । 


Top