बालकको डुबेर मृत्यु

  POSTED ON : मंसिर १५, २०७८ (११:३७ AM)

बालकको डुबेर मृत्यु

भोजपुर । संखुवासभाको मकालु गाँउपालिका वडा नम्बर ५, चौलाखर्कमा बालकको डुबेर मृत्यु भएको छ । मङगलवार  दिउँसो घर नजिकैको माछा पोखरीमा डुबेर घाइते बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम लगिएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको हो । मृत्यु हुनेमा हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेको संखुवासभा प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनएको छ ।

Top