एनआरएनको नेतृत्वका लागि दौडधुप सुरु

  POSTED ON : आश्विन २२, २०७२ (१०:३७ AM)

एनआरएनको नेतृत्वका लागि दौडधुप सुरु

काठमाडौँ । गैह्र आवसीय नेपाली संघ (एनआरएन )अन्तराष्ट्रिय समन्वय परिषद्को आगामि दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको निर्बाचन मिति नजिकिदै गर्दा अहिले काठमाडौँ मा एन आर एन ए आइ सी सीका पदाधिकारीहरु विभिन्न मुलुक बाट निर्वाचनमा भाग लिनको लागि आउने क्रमले तिब्रता पाएको छ । आगामि दुइ बर्षको कार्यकालको लागि हुन गईरहेको यस निर्बाचन मा कसले नेतृत्व सम्हाल्ने भन्ने कुरामा गैह्र आवसीय नेपालीहरु बीच बहश को बिषय बनेको छ । विदेश मा बस्ने चालिस लाख नेपालीहरुको साझा संगठन गैह्र आवसीय नेपाली संघ (एन आर एन ए) मा प्रतिनिधित्व गर्न आफ्नो पक्ष मा मत हासिल गर्न को लागि अहिले काठमाडौँमा आ-आफ्नो पक्षका एन आर एन पदाधिकारी बीच गुट बन्दि पनि सुरु भइसकेको अबस्था छ । गैह्र आवसीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको नेतृत्वको प्रत्यासीको रुप मा अहिले तिन जना प्रतिस्प्रधी हरु मैदान मा उत्रिएका छन् जस मा बर्तमान अध्यक्ष शेष घले, वर्तमान उपाध्यक्ष टि बि कार्की र रतन झा रहेका छन् । आफ्नो उम्मेदवारीलार्इ अब्बल बनाउदैँ आ-आफ्नो मुद्दा तथा घोषणापत्र सार्वजानिक गर्दै खासगरि श्रमीकहरुको मुद्दा र हकहितलाइ अगाडि लिएर कसरि गैह्र आवसीय नेपालीहरु माझ आफु लाइ प्रस्तुत गर्ने र नेतृत्वमा बाजी मार्नको लागि दुइ बर्षे आफ्नो कार्यकालमा सागँठानिक र सस्थागत र सामुहिक नेतृत्वको लागि आफु लाइ अरु भन्दा सक्षम देखाउन पनि होड बाजी नै चलेको छ । त्यति मात्र होइन आफ्नो मातृभूमी भुमि प्रतिको दायित्वलाइै ध्यानमा राख्दै कसरी मुलुकको हितमा काम गर्न सकिन्छ र मुलुक मा धेरै भन्दा धेरै लगानी भित्राई देश बिकासमा टेवा पुर्याउन सकिन्छ भनेर आ आफ्नो एजेन्डा नै तयार पारेर अहिले प्रत्यासीहरु लागि परेका छन् । गत वैशाख १२ गतेको महाभूकम्पपछि सरकारले सुरु गर्ने पुर्ननिर्माण अभियानमा एनआरएनको सक्रिय सहभागी भएकाले पुनर्निर्माण अभियानको महत्वपूर्ण साझेदार गैरआवासीय नेपाली संघको जस कसले लिने भन्ने पनि रहेको जानकार हरु बताउछन् । सामान्यतया अहिले सम्म श्रमिक नेपाली हरुको पहुच भन्दा माथि नै रहेको धनि हरुको मात्र सस्था भनेर चिनिदै आएको गैह्र आवसीय नेपाली संघको नेतृत्व आगामि दुर्इ बर्षको लागि कसको हातमा सुम्पने भन्ने कुरा पनि गैह्र आवसीय नेपाली बीच एउटा गहन बिषय बनेको छ, यसका साथै अहिले नेपाली राजनीतिमा प्रधानमन्त्रि को बन्ने र बनाउने भन्ने बिषय संग संगै गैह्र आवसीय नेपाली संघ को नेतृत्व मा कुन प्यानलको व्यक्ति लार्इ जिताएर आफ्नो पार्टी को हाबी बढाएर भोलिको राजनीति मा समेत प्रभाब बढाउने भनेर गुटबन्दी गर्दै राजनीति क्षेत्रमा पनि गरमागर्मि निकै चुलिएको छ । अध्यक्ष पदका दुइ बलिया प्रतिस्प्रधी टि बि कार्की तथा शेष घले बीच यस निर्बाचन मा घम्सा घम्सीनै हुने कुरामा नकार्न सकिदैन र यसमा कुनै दुइ मत पनि छैन् । आ-आफ्नो चुनाबी मुद्दा हरु लाइ बिदेशमा बस्ने चालिस लाख नेपाली श्रमिकहरुको हित मा उठाई कसरि संगठन लाइ बलियो बनाइ गैह्र आवसीय नेपालीहरुको पक्षमा खडा भइ प्रत्येक विदेश मा बस्ने नेपाली हरु को हक अधिकार लाइ सुनिश्चित गर्न सकिन्छ भन्ने नै उनि हरुको प्रमुख एजेन्डा पनि रही आएको छ र भबिष्य मा कसरि नेपाल मा लगानी भित्राई मुलुकको बिकास मा सहभागी हुने कुरा पनि उनिहरु को चासो को बिषय रहेको छ । यदा कदा गैह्र आवसीय नेपाली संघ को निर्बाचनमा नेतृत्व हासिल गर्न लाइ ठुलै पैसाको चल खेल पनि हुन्छ भन्ने पनि सुनिदै आइरहेको हो र यस कुरामा गैह्र आवसीय नेपाली प्रतिनिधि हरु पनि अनबिज्ञ छैनन् र गैह्र आवसीय नेपाली संघ राजनीति बाट पनि अछुतो रहेको छैन यो कुरा हरेक चुनाबी चहल पहल सगै चर्चा को शिखर मा पुग्ने गरेको छ र गैह्र आवसीय नेपालीहरु संग संगै राजनीतिक कार्यकर्ता हरुको चलखेल पनि बाक्लै हुने गरेको छ । अब हेर्न बाकि छ आगामी दुइ बर्षको कार्यकाल को लागि कसले नेतृत्व हासिल गर्ने हो । अध्यक्ष पदका बलिया प्रतिस्प्रधी तथा बर्तमान उपाध्यक्ष टि बि कार्की भन्छन सबैको भावना समेट्न सक्ने नेतृत्वको विकास गर्न आवश्यक भएकाले उनले सामुहिक नेतृत्वको अवधारणा अघि सारेको बताउँछन्। ‘नेतृत्वमा सामुहिकपन हुनै पर्छ र गैह्र आबासिय नेपालीहरुको मनोभाबाना लाई आत्मसात गर्दै व्यक्तिगत लगानी भन्दा नि सामुहिक लगानी मुलुक मा भित्राई विदेशमा बस्नेहर नेपाली हरुको हक अधिकार लाइ सुनिस्चित गर्नु नै आफ्नो लक्ष्य र उदेश्य रहेको र आफुले गैह्र आवसीय नेपाली संघको स्थापना काल देखि नै यस सस्थाको हितको लागि काम गर्दै आएको छ  । यस निर्बाचन बाट सामान्य एक मध्यम वर्ग र एन आर एन  मा मध्य पूर्व खाडी मुलुक बाट पनि नेतृत्व रहनु पर्ने र अग्रज हरुले अनुभबी तथा नया पुस्ता लाइ नेतृत्व हस्तान्तरण गर्नु पर्ने मा जोड दिन्छन र आफुले नेतृत्व सम्हाले चालिस लाख गैह्र आवसीय नेपाली हरुको प्रतिनिधि बनेर काम गर्ने र अहिले को आबस्यकता पनि यहि रहेको र आफु यस कुरा मा सक्षम रहेको पनि उनि बताउछन् ।  
Top