ल्याटिन अमेरिकामा नेपाली अलपत्र

  POSTED ON : माघ ५, २०७१ (५:२४ PM)

ल्याटिन अमेरिकामा नेपाली अलपत्र

काठमाडौं । ल्याटिन अमेरिकी मुलुकमा पक्राउ परेका नेपालीको ठेगाना नखुल्दा परराष्ट्र मन्त्रालयलाई उद्धार प्रक्रिया थाल्न अप्ठेरो परेको हुने गरेको छ ।

ल्याटिन अमेरिकी मुलुकले त्यहाँ नेपाली पक्राउ परेको जानकारी दिँदै उद्धारका लागि पहल गर्न सरकारलाई पत्र पठाए पनि ठेगाना खुलाउने गरेका छैनन्। ठेगाना नहुँदा उनीहरूको परिवारलाई जानकारी दिन र उद्धार गरी नेपाल फर्काउन समस्या भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

पछिल्लोपटक ल्याटिन अमेरिकी राष्ट्र पानामाले पाँच नेपाली पक्राउ परेको जनाउँ दिँदै उद्धारका लागि पहल गर्न सरकारलाई अनुरोध गरेको छ । पानामामा पक्राउ परेका नेपालीको सूचीमा सुशील थापा, मणि बोहरा, देव खत्री, होमबहादुर केसी र अमन थापा छन् । उनीहरूको नामबाहेक परिचय खुल्ने अरू कुनै शब्द पत्रमा समावेश छैन । ल्याटिन अमेरिकी राष्ट्रले भारतको दिल्लीमा रहेका आफ्ना दूतावासमार्फत त्यहीँ रहेको नेपाली दूतावासलाई पत्र पठाई पक्राउ परेका नेपालीबारे जानकारी गराउँछन् ।

Top