नेपाल–क्यानडा सांस्कृतिक संघमा श्रेष्ठ

  POSTED ON : फाल्गुन १८, २०७१ (९:५१ AM)

नेपाल–क्यानडा सांस्कृतिक संघमा श्रेष्ठ

काठमाडौं । नेपाल–क्यानडामैत्री संघको साधरणसभाको निर्वाचनबाट २७ सदस्यीय कार्य समिति गठन भएको छ । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ पुनः दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका छन् । कार्यसमितिको सहअध्यक्षमा डा. प्रदीप खड्का, उपाध्यक्षमा रामेश्वर श्रेष्ठ, टाँसी स्हाङ्मो गुरुङ, डा गोपाल पोखरेल, सीताराम बानियाँ, तथा महासचिवमा डा श्रीधर गौतम, सचिवमा खड्ग थापा, सहसचिवमा पारिजात भण्डारी र कोषाध्यक्षमा रामबहादुर केसी र सहकोषाध्यक्षमा अशोक गुप्ता रहेका छन् । कार्यसमितिका सदस्यमा सुवासकाजी श्रेष्ठ, कोमल ओली, तुलसी ओली, गोविन्द सिग्देल, निरोज मास्के, दोर्जी छिरिङ शेर्पा, शान्ता भण्डारी, मकरलाल श्रेष्ठ, बुद्धिनारायण श्रेष्ठ, शोभा श्रेष्ठ, महेश प्रधान, शशिकुमार उपाध्याय, नीलकण्ठ तिवारी, नन्दा बस्याल, मीना स्वर्णकार र सावित्री लामा निर्वाचित भएका छन् । मैत्री संघको संरक्षकमा ई. केशव कुँवर रहेका छन् । यसैगरी साधरणसभाबाट प्राज्ञिक, सांस्कृतिक, पर्यटन, व्यापार–वाणिज्य, मिडिया–प्रचार र न्याय–कानुन गरी छवटा उपसमिति पनि गठन गरिएको छ । (रासस)
Top