27th January | 2021 | Wednesday | 7:56:44 PM

पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

  POSTED ON : पुष १६, २०७७ (७:०२ PM)

पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु

कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई  आफ्नो कर्मथलो बनाउँदै आउनुभएको थियो । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित  भई आइसोलेशनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ ।

कोभिडको कारण ज्यान गुमाउने उनी छैठांै व्यक्ति भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको  छ । पोर्चुगलमा कोभिडका कारण नेपाली  महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै कोभिडबाट मृत्यु हुने नेपालीको सङ्ख्या दुई भएको छ । राना मृत्युले  नेपाली समुदायलाई गहिरो चोट पुगेको पोर्चुगलस्थित अवैतानिक महावाणिज्य दूत मकर हमाल र गैरआवसीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले  बताउनुभएको छ ।


Views: 122