18th May | 2021 | Tuesday | 6:38:23 AM

माक्स नलगाई हिड्ने ७ हजार पक्राउ

अनिल पराजुली   POSTED ON : माघ १५, २०७७ (१२:४७ PM)

माक्स नलगाई हिड्ने ७ हजार पक्राउ

कतार । कतार सरकारले सार्वजनिक स्थानमा माक्स नलगाई हिड्ने ७ हजार २४० जनालाई पक्राउ गरेको छ । घर बाहिर निस्कदा र सार्वजनिक स्थानमा माक्स नलगाई हिड्नेलाई नियम उलघंन गरेको भन्दै पक्राउ गरेको हो । 

त्यस्तै निजि सवारीमा ४ जना भन्दा बढी बस्ने २ सय ७७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन । संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषदको निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले हाल सम्म २०९ जना लाई सार्वजनिक अभियोजनको मुद्दा चलाईएको कतारबाट प्रकाशित हुने क्यूएन खबरले जनाएको छ । 

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कतार सरकारले घर बाहिर निस्कदा माक्सको प्रयोग अनिवार्य गरेको छ । माक्स नलगाई हिड्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्ने कतारको कानुन रहेको छ । 

कोरोना भाइरसको फैलावट रोक्न कतार सरकारले जारी गरेको सावधानी तथा रोकथामको सम्पूर्ण नियमहरु पालना गर्न यहाँको स्वास्थ्य मन्त्रालयले सम्पूर्ण नागरिकहरुलाई आग्रह गरेको छ । 

कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ४९ हजार ९३३ पुगेको छ । त्यस्तै कोरोनाबाट कतारमा मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ भने करिब १ लाख ४५ हजार २५१ संक्रमणमुक्त भएका छन् । कतारले १३ लाख ६८ हजार ९६४ जनाको कोरोना जाँच गरिसकेको छ । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।


Views: 199