21st June | 2021 | Monday | 2:03:02 PM

मोरङ सुनसरी सेवा समाज ओमन शाखाको अध्यक्षमा पार्वती

हिमालय टाइम्स   POSTED ON : जेठ २३, २०७८ (८:४३ AM)

मोरङ सुनसरी सेवा समाज ओमन शाखाको अध्यक्षमा पार्वती

मोरङ सुनसरी सेवा समाजको प्रवास शाखा ओमनको प्रथम साधारणसभाबाट मोसु इतिहासमै पहिलो पटक महिला नेतृत्व चुनिनुभएको छ । शुक्रबार गरिएको अनलाईन भर्चुअल माध्यमबाट आयोजित सो साधारणसभाले पार्वती श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति छनौट भएको कार्यक्रमका विशिष्ट अतिथि तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङले बताउनुभयो ।

सो कार्यक्रमको प्रमुख अतिथि ओमनका लागि नेपालका लागि महामहिम राजदुत शर्मिला पराजुली ढकाल रहनुभएको थियो भने केन्द्रीय सल्लाहकारहरू, प्रवास समन्वय समिति संयोजक विनोद भट्टराईलगायत विभिन्न देशमा रहेका मोसु प्रवास शाखाका अध्यक्षलगायत विशिष्ट व्यक्तिहरूको आतिथ्यता रहेको थियो । २०१२ मा स्थापना भएको मोसु प्रवास शाखा ओमन लामो समयदेखि तदर्थमै सीमित थियो ।

मोरङ सुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना मूल नाराका साथ देश विदेशमा फैलिरहेको संस्थाको ओमन शाखाद्वारा आयोजित सो कार्यक्रमबाट निर्वाचित उपाध्यक्षमा शिव कार्की, सचिव दीपक तिम्सिना, सहसचिवमा ऋषिराम दाहाल, कोषाध्यक्ष तुलसा न्यौपाने र सहकोषाध्यक्षमा अस्मिता रोक्का चुनिनुभएको छ । यसैगरी सदस्यहरूमा पदम सिवा, रामचन्द्र मेहता, ज्योति म्याङ्मो लिम्बु, सीमा भुजेल, मिना बर्देवा, शारदा पौडेल, रजनी श्रेष्ठ, मनु चौधरी, अस्मिता रोक्का, दशरथ ढुंगाना, कृष्ण धिमाल, टेकेन्द्र राई रहनुभएको छ । सोही कार्यक्रमबाट सल्लाहकारसमेत छनौट गरेको छ । सल्लाहकारहरूमा लिलानाथ कोइराला, दिल रोक्का, जीवन कार्की, गीता थापा रहनुभएको छ ।

प्रवासमा रहेर काम गरिरहेका मोरङ र सुनसरी जिल्लाबासीलाई एउटै थलोमा समेट्ने र दुःख र सुख साटासाट गर्ने थलोको रुपमा मोसु ओमन स्थापना भएको हो । यस संस्थाले प्रवासमा कार्यरत जिल्लाबासीको दुःखमा साथ दिएको छैन । मातृभूमिमा आइपरेका समस्याहररूमा समेत उत्तिकै हातेमालो गर्दै साथ र सहयोग गर्दै आएको छ ।

मोसुका प्रवास शाखाहरूमा अष्ट्रेलिया, कतार, युएई, साउदी अरब, बहराइन, कुवेत, माल्टा, ओमान, जापानमा छन् भने शाखा बन्ने तयारीमा रहेका यूके, यूरोप, दक्षिण कोरिया र अमेरिकामा रहेका छन् ।


Views: 70