21st June | 2021 | Monday | 12:18:27 PM

एनआरएनएबाट थप अक्सिजन कन्सनट्रेटर

हिमालय टाइम्स   POSTED ON : जेठ २४, २०७८ (८:३८ AM)

एनआरएनएबाट थप अक्सिजन कन्सनट्रेटर

नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔँ भन्ने अभियानअन्तर्गत गैरआवासीय नेपाली संघ (एनआरएनए) थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर नेपाल भिœयाएको छ । जसमा युकेबाट १ सय ५०, अष्ट्रेलियाबाट १ सय, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सनट्रेटरको खरिदका लागि आर्थिक सहायता प्राप्त भएको एनआरएनएले जनाएको छ ।

चीनस्थित नेपाली दूतावास र एनआरएनएको राष्ट्रिय समन्वय परिषद्ले खरिद प्रक्रियामा सहयोग गरेको र ढुवानी खर्च नेपाल सरकारले व्यहोरेको बताइएको छ । त्यस्तै, एनआरएनएल अफ्रिकाबाट इलामदेखि जुम्लासम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १ सय ४५ अक्सिजन सिलिण्डर खरिदसहित १ हजार १ सय ५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको र दुर्गममा सिलिण्डर पठाउने अभियान जारी रहेको एनआरएनएले जनाएको छ ।

विश्वभरिबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट एनआरएनएका प्र्रवक्ता डिवी क्षेत्रीले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको तयारीसमेत भइरहेको जानकारी दिनुभएको छ ।


Views: 73