अनेसासको न्यू साउथ वेल्स अध्यक्षमा तिवारी

हिमालय टाइम्स   POSTED ON : जेठ ३०, २०७८ (८:२४ AM)

अनेसासको न्यू साउथ वेल्स अध्यक्षमा तिवारी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यू साउथ वेल्स च्याप्टर, अष्ट्रेलियाको अध्यक्षमा ममता तिवारी निर्वाचित हुनुभएको छ । तिवारीको अध्यक्षतामा गठित कार्यसमितिमा विष्णु घिमिरे, कुमार शर्मा, विनोद महर्जन, डा.प्रकाश पौडेल, शान्ता सिटौला, भावना पराजुली, गौरी कार्की, आशिष विश्वकर्मा, रमेश अधिकारी तथा अदित थापा रहनु भएको छ । 

कार्यक्रममा संस्थाको पहिलो बैठकबाट पदाधिकारीको कार्यविभाजन गरिने जानकारी गराइएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष महेश्वर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने निवर्तमान कोषाध्यक्ष विष्णु घिमिरेले तयार पारेको आर्थिक प्रतिवेदन सचिव प्रवीण टण्डनले प्रस्तुत गर्नुभएको थियो । 

नवनिर्वाचित अध्यक्ष तिवारीले आउँदो दुई वर्षका लागि सम्पन्न गरिने कार्यक्रमका विषयमा जानकारी गराउँदै प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली समुदायका विभिन्न व्यक्तित्व र साहित्यानुरागीको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा साहित्य सन्दर्भमा चर्चा भएको थियो ।


Top