नेपाली श्रमिकलाई घाममा काम लगाउने ९८ कम्पनीलाई कारबाही

  POSTED ON : जेठ ३१, २०७८ (३:२८ PM)

नेपाली श्रमिकलाई घाममा काम लगाउने ९८ कम्पनीलाई कारबाही

कतार  । दिउँसोको घाममा नेपाली श्रमिकलाई काममा लगाउने ९८ कम्पनीलाई कतार सरकारले कारबाही गरेको छ । कतार सरकारले जुन दोस्रो सातासम्म ९८ कम्पनीलाई कारबाही गरेको हो । त्यहाँको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले घाममा कामदारलाई काममा लगाएको भन्दै कम्पनीलाई कारबाही गरेको हो । कतार सरकारले घाममा काम लगाउने ५४ कम्पनी पहिलो चरणमा र दोस्रो चरणमा ४४ कम्पनीलाई कारबाही गरेको छ । त्यहाँ नेपालीसहित लाखौं श्रमिक टन्टलापुर घाममा तरतरी पसिना चुहाउँदै काममा खटिएका हुन्छन् । कतारमा हरेक दिनजसो एक नेपालीको मृत्यु हुने गरेको ।

Top