काफ्लेलाई अन्तर्राष्ट्रिय सिटिजन्स अवार्ड

हिमालय टाइम्स   POSTED ON : असार १३, २०७८ (८:०२ AM)

काफ्लेलाई अन्तर्राष्ट्रिय सिटिजन्स अवार्ड

क्यानडाको ब्राम्टनमा बस्दै आउनुभएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारतर्फबाट ‘सिटिजन्स अवार्ड’ बाट सम्मानित हुनुभएको छ । स्थानीय सरकारबाट हरेक वर्ष प्रदान गरिने यो अवार्डअन्तर्गत यस वर्ष उत्कृष्ट नागरिक विधा थप गरिएकोमा काफ्लेले सोही अवार्ड प्राप्त गर्नुभएको हो ।

सिटी अफ ब्राम्टनका मेयर प्याट्रिक ब्राउनले अवार्ड प्रदान गर्नुभएको थियो । सिटिजन अवार्डअन्तर्गतको यो विधाको अवार्ड काफ्लेसहित ७ जनाले प्राप्त गरेको बताइएको छ । वर्ष नागरिक, कला, खेलकुद, आपत्कालीन सेवा, प्रेरणादायी, दीर्घकालीन सेवालगायतका विधामा अवार्ड प्रदान गरिएको सिटी अफ ब्राम्टनले जनाएको छ । सन् १९७४ देखि नै सिटी अफ ब्राम्टनले समुदायमा विभिन्न क्षेत्रमा योगदान दिने उत्कृष्ट नागरिकलाई अवार्डमार्फत् सम्मान गर्दै आएको छ । सिटी अफ ब्राम्टन झण्डै छ लाख जनसंख्या भएको क्यानडाको ओन्टारियो ग्रेटर टोरन्टो क्षेत्रको सिटी हो ।


Top