एनआरएनए ग्लोबल सम्मेलन अक्टोबरमा

हिमालय टाइम्स   POSTED ON : श्रावण ५, २०७८ (११:३५ AM)

एनआरएनए ग्लोबल सम्मेलन अक्टोबरमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही १७ जुलाइमा सम्पन्न ७८औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले आगामी अक्टोबर २३ देखि २५ सम्म १०औं एनआरएनए ग्लोबल सम्मेलन र १० औं साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । जसका लागि एनआरएनएका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने बताइएको छ । साथै बैठकले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीको निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय पनि गरेको छ । निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएअनुसार कायम गरिएको एनआरएनएले जनाएको छ । 

साथै बैठकले एनआरएनएको निर्वाचनसम्बन्धी नियमावली, एनआरएनए फाउन्डेसन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधनका साथै आर्थिक वर्ष २०७८÷२०७९ को बजेट पनि पारित गरेको एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीले जानकारी दिनुभएको छ ।  


Top