मेना बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे

ध्रुबसागर शर्मा   POSTED ON : कार्तिक ४, २०७८ (११:२४ AM)

मेना  बेल्जियमको अध्यक्षमा रकेन्द्र घिमिरे

म्याग्दी । म्याग्देली प्रवासी नेपाली संघ (मोना) बेल्जियमको सातौं अधिवेशनबाट रकेन्द्र घिमिरे (राजु) अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

बुधवार बेल्जियम स्थित यति हाउसमा भएको अधिवेशनले २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको निवर्तमान अध्यक्षमा योगेन्द्र विक,वरिष्ठ उपाध्यक्षमा प्रदिप थापा,उपाध्यक्षमा कृष्ण सुनार,हरि शाही र ज्ञान रकाल रहनुभएको छ । त्यसैगरी महिला उपाध्यक्षमा श्रीमती ज्ञानु बरुवाल,महासचिवमा रामचन्द्र थापा,सचिवमा अमिर शाही,सहसचिवमा श्रीमती शान्ति पुन,सुदिप शेरपुंजा,कोषाध्यक्षमा श्रीमती बिनु थापा र सहकोषाध्यक्षमा दीपक भण्डारी चयन हुनुभएको छ ।

त्यसैगरी समितिका सदस्यहरुमा पद्यम लाल विक,रामजी भण्डारी,किरण शाही,श्रीमती शोभा शाही,श्रीमती तारा कार्की,श्रीमती नन्दकली पुन र टीका बानियाँ रहनुभएको नव निर्वाचित अध्यक्ष रकेन्द्र घिमिरेले जानकारी दिनुभएको छ ।

कार्यक्रम निर्वाचन मण्डलका संयोजक योगेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

घिमिरे लामो समयदेखि बेल्जियममा रहदै आउनुभएको छ । मोना बेल्जियमले म्याग्दी जिल्लामा  दैवी प्रकोप,परोपकार,भौतिक विकास र मानवीय सेवाको क्षेत्रमा आर्थिक,नैतिक र भौतिक सहयोग गर्दै आइरहेको छ । नवनिर्वाचित घिमिरे म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका हुनुहुन्छ ।


Top