दक्षिण एसियाली विद्यार्थी समिटमा नेपाली समूह प्रथम

हिमालय टाइम्स   POSTED ON : मंसिर १९, २०७८ (९:०६ PM)

दक्षिण एसियाली विद्यार्थी समिटमा नेपाली समूह प्रथम

काठमाडौं । साउथ एसियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा भाग लिएका पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बिबिएस पाँचौँ सेमेस्टरमा अध्ययनरत निकिता शाही नेतृत्वको  टोली पहिलो भएको छ । सो समिटमा दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए । टोलीले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको छ ।

शाहीको आठ महिना लामो टेक्सटाइल इन्डस्ट्रिजको अनुसन्धान गरेर समिटमा पेस गरेको रिसर्चले अवार्ड जितेको हो ।  सन् २०१९ बाट सुरु भएको उक्त समिट यस पटक श्रीलङ्कामा आयोजना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । उक्त प्रतियोगितामा आठवटा टोली सहभागी भएको थियो ।


Top