मलेसियामा एक नेपालीको शव फेला

  POSTED ON : माघ ९, २०७३ (१२:२१ PM)

मलेसियामा एक नेपालीको शव फेला

मलेसिया । मलेसियामा एक नेपालीको मृत्यु भएको झण्डै दुई महिनापछि शव भेटिएको छ । पेटालिङ जया शहरको कोटा दमनसालास्थित एक सुपरमार्केटमा झुण्डिरहेको अवस्थामा डम्बरबहादुर थापाको शव भेटिएको हो ।

शनिबार दिउँसो सफाइका क्रममा एक व्यक्तिले लुगा लगाएको कंकाल भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । उनको भिसा सन् २०१५ डिसेम्बरमा नै सकिएको थियो । उनी त्यही सुपरमार्केटमा क्लिनर थिए ।


Top