बलात्कारको आरोपमा मलेसियमा एक नेपाली पक्राउ

  POSTED ON : माघ १२, २०७३ (११:५५ AM)

बलात्कारको आरोपमा मलेसियमा एक नेपाली पक्राउ

मलेसिया । बलात्कारको आरोपमा मलेसियामा एक नेपाली पक्राउ गरेका छन् । मलेसियास्थित एक डिपार्टमेन्ट स्टोरमा कार्यरत नेपाली युवा १७ बर्षीया युवती बलात्कारको आरोपमा पक्राउ परेका त्यहाँको अनलाईन ‘द स्टार’ले जनाएको छ । स्टोरमा पार्ट टाइमको रुपमा कार्यरत युवतीलाई नेपाली युवाले खाना खान बोलाइ होस्टलमा लगेर बलात्कार गरेको बताइएको छ । सुवाङ जयाका प्रहरी कमाण्डर मोहम्मद अजलिन सदारीले बलात्कारको आरोपमा नेपाली पक्राउ गरिएको र अनुसन्धान भइरहेको जानकारी दिएका छन् । नेपाली युवाको नाम भने खुलाइएको छैन ।  


Top