28th September | 2020 | Monday | 8:38:13 PM

आन्तरिक मूल्याकन गर्न नसके क्षतिपूर्ति

मौसम तिमिल्सिना   POSTED ON : श्रावण २९, २०७७ (१२:३० AM)

आन्तरिक मूल्याकन गर्न नसके क्षतिपूर्ति

कोराना महामारीबाट देश र जनता सुरक्षित राख्न नेपाल सरकारले २०७६ चैत १० गतेबाट देशभर बन्दबन्दीको घोषणा ग¥यो । कलकारखाना, उद्योग धन्दा, शैक्षिक संस्थालगायत सबै ठप्प भए । सबै चल्ने भनेका र चलिरहेका परीक्षा रोकिए । बन्दबन्दी करिब १ सय २० दिनसम्म रहेर खुल्यो । त्यसबीच नेपालकै ठूलो र उत्कृष्ट मानिएको त्रिभुवन विश्वविद्यालयले स्नातकतर्फका विद्यार्थीको निम्ति केही ठोस निर्णय लिन सकेन, सक्यो त केबल आँखामा छारो हाल्न र विद्यार्थी झुलाउना केही सर्वेक्षण र फाराम भराउने कामहरू । 

म त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्यन संस्थाको विद्यार्थी, सरल रूपमा भन्दा इन्जिनियरिङ, प्रविधिक धारको विद्यार्थी तर अहिले त्रिवि र इन्जिनियरिङ अध्यन संस्थानले जुन रूपले परीक्षाको अभिव्यक्ति दिरहेको छ त्यसले हामीलाई आफू प्रविधिक विद्यार्थी भनेर गर्व गर्ने कुनै पनि ठाउँ नभएको महसुस गराएको छ । 

इन्जिनियरिङ छ महिनाको एक सेमेस्टर त्यसबीच पढाइ ल्याब, एसिस्मेन्ट, प्रोजेक्टवर्क,आन्तरिक परीक्षा इत्यादिको चापाचापले बडो मुस्किलसँग पार हुन्छ । विद्यार्थीले ठूलै खड्को पार गरेको अनुभूति हुँदा बल्ल अन्तिम परीक्षा आउँछ । अन्तिम परीक्षा र आन्तरिक दुवैको मिलाएर नतिजा विद्यार्थीहरूको हातमा पर्दथ्यो जुनमा अन्तिम परीक्षा निकै हावी देखिन्थ्यो ।

अहिले स्थिति सामान्य छैन । यस्तो अवस्थामा परीक्षाको चिन्ता त छँदै थियो अझ अर्को सेमेस्टर पनि खेर जान्छ कि भन्ने चिन्ता बढ्दै गयो । त्रिवि भौतिक उपस्थितिभन्दा बाहेकको वैकल्पिक परीक्षा किन देखिरहेकै छैन ? स्वास्थ्य सुरक्षा भए म तयार छु भौतिक उपस्थितिमा परीक्षा दिन तर मलाई क्षतिपूर्ति दिनुपर्छ । हो मलाई क्षतिपूर्ति, के को क्षतिपूर्तिभन्दा मेरो अन्तिम मूल्यांकन गर्न नसक्ने एसिस्मेन्ट गराएर मेरो समय र सामग्री खेर गएको क्षतिपूर्ति । ८०५ उपस्थिति अनिवार्य भन्ने घेराबन्दीमा हालेर मैले कहिलेकाहीँ कक्षामा उपस्थित हुँदा छुटेका अतिरिक्त काम, बाहिरी ज्ञान र अन्य चिजको क्षतिपूर्ति ।

मलाई अन्योलमा राखी झुलाएको पाँच महिना अनि खेर जान लागेको एक सेमेस्टरको समयको क्षतिपूर्ति चाहिन्छ । मुख्य क्षतिपूर्ति मलाई जुन छ महिनाभरि तपाईंको आन्तरिक मूल्यांकन गरी नट क्वालिफायाड भन्दै दिनु भएको मानसिक तनबको दिनुपर्छ ।

त्यति बेला मलाई अयोग्य बनाउनलाई धम्की दिन सक्ने तपाइँ अहिले आएर आन्तरिक मूल्यांकन गर्न सकिँदैन भन्दा कतिको सान्दर्भिक होला ? तपाइँको त्यति बेलाको त्यो कुराहरूले म के ढुक्क थिएँभन्दा मेरा शिक्षकलाई मेरो क्षमताको बारेमा ज्ञान छ है उहाँहरूले हामीलाई बुझिरहनु भएको छ है तर अहिले हजुरहरू आफैं पन्छिन खोजेको जस्तो देखियो ।

६ ६ महिना पढाउँदा अनि विभिन्न क्रियाकलाप गराउँदा पनि आफ्ना विद्यार्थीको क्षमता बुझ्न सक्नु भएन । अन्तिम परीक्षाको विकल्प नहुने हो भने हटाइदिनुहोस् ती एसिस्मेन्ट र प्रोजेक्टवर्क । अनि हामीलाई किताब रट्न लगाउनुहोस् । मलाई यसको क्षतिपूर्ति दिलाउनुस अनि गराउनुस् भौतिक परीक्षा ।

(लेखक पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी हुनुहुन्छ ।) 


Views: 294