26th September | 2020 | Saturday | 9:00:18 PM

नेपाली कांग्रेसको सशक्तिकरण, बिपी मार्गको अनुशरण

जीवराज पोखरेल   POSTED ON : भदौ ३१, २०७७ (८:३० AM)

नेपाली कांग्रेसको सशक्तिकरण, बिपी मार्गको अनुशरण

नेपाली कांग्रेसले यसको स्थापनापछिका सात दशकमा एकपटक मात्र होइन तीन तीन पटक राष्ट्रिय क्रान्ति तथा आन्दोलनमा सफलताका साथ नेतृत्व प्रदान गरेको छ । संसारकै इतिहासमा पनि यस्तो पार्टी विद्यमान रहेको पाइँदैन । यस्तो हुँदा हुँदै पनि नेपाली कांग्रेसकोे अहिलेको अवस्था भने एकदमै नाजुक रहेको छ । गत निर्वाचनमा यसले भारी पराजयको सामना गर्नुप¥यो । यतिसम्म कि सात प्रदेशमध्ये एउटामा पनि यसले सरकार निर्माण गर्न सकेन । नेपाली कांग्रेसलाई आन्दोलन गर्न सक्षम तर शासन चलाउन असक्षम दलको संज्ञा पनि कतिले दिन थालेका छन् । 

किन्तु निर्वाचनमा पराजय हुनु कुनै नयाँ कुरो होइन । घोडसवार यदाकदा लड्न पनि सक्तछ । सत्तरीको दशकमा आपत्कालीन स्थितिको घोषणाका साथै अन्य ज्यादतिहरू गरेकोले भारतमा राष्ट्रिय कांग्रेसको सन् १९७७ मा भएको निर्वाचनमा नराम्ररी पराजय भयो । जनता पार्टीले दुई तिहाइ बहुमतले सरकारको निर्माण ग¥यो । तर, जनता पार्टीका विभिन्न घटकको बीचमा मत भिन्नता भएर यो छिन्नभिन्न भयो । जनता पार्टीका नेताको बीचको झगडा देखेर मानिस वाक्कब्याक्क भए । जनताले  आपत्कालीन समयमा भएका गल्तीहरू बिर्सिए । 

अन्ततः त्यसपछि भएको सन् १९८० को मध्यावधि निर्वाचनमा जनताले राष्ट्रिय कांग्रेसलाई विजयमाला पहि¥याए । अहिले नेपालमा पनि त्यस्तै परिस्थिति छ । सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका शीर्षस्थ नेताद्वयको बीचमा जनता दलका नेताहरूको बीचमा बेमेल भए जस्तै मारामार छ । विवाद समाप्त भएको भनिए पनि समस्या अझै टरेको छैन । नेपालका लागि चीनका राजदूतबाट सञ्जीवनी बुटी पाएर तीन पटक पार्टी फुटको संघारबाट जोगियो । तर, नेपाली कांग्रेसले यस परिस्थितिबाट भारतको राष्ट्रिय कांग्रेसको जस्तो फाइदा लिन सकेको छैन । यसबाट वर्तमान नेपाली कांग्रेसको नेतृत्व पूर्णरूपमा विफल भएको प्रमाणित हुन जान्छ । दिउँसै राँको बालेर खोज्दा पनि नेपाली कांग्रेस नभेटिएको कुरा राजनीतिक नेपथ्यमा गुञ्जिएको पाइन्छ । 

नेपाली कांग्रेसको गत निर्वाचनका पराजय तथा अहिले कांग्रेस गुप्तवासमा बस्नुका कारण के हुन् त ? कैयौंले यसका पराजयका विभिन्न कारणमा यसमा विद्यमान जनताभन्दा नेतामुखी, सेवाभन्दा सत्तामुखी र अर्थभन्दा तदर्थमुखी प्रवृत्तिलाई आ“ैल्याएका छन् । किन्तु यी कारण खुद्रामात्र हुन् । तर मुख्य कारण भनेको नेपाली कांग्रेसको स्थापनाकालमा प्रतिपादन गरिएको सिद्धान्त या बिपी मार्गको अवलम्वन नगरिनु, यसलाई अहिलेको आधुनिक समयमा सुयोग्य हुने गरी पुनः परिभाषा नगर्नु र समग्र रूपमा भन्नु पर्दा आप्mनो सिद्धान्तबाट विचलित हुनु नै हो भन्नेको पनि कमी छैन ।   

कुनै पनि राजनीतिक दलमा नारा, नीति, निकाय तथा नेता विद्यमान रहन्छन् । परन्तु यीमध्ये सर्वाेपरी यसको नारा हुन्छ । यसअनुसार नीतिको निर्माण भएको हुन्छ । यस नीतिलाई जनता समक्ष प्रक्षेपण गर्न एक उपयुक्त निकाय अथवा संगठनको आवश्यकता रहन्छ । यी सबैलाई समन्वय गर्न नेताले महत्वपूर्ण भूमिका वहन गरेको हुन्छ । विश्वेश्वरप्रसाद कोइरालाले नेपाली प्रजातन्त्र, राष्ट्रियता तथा समाजवादलाई कांग्रेसको नाराको रूपमा प्रस्तुत गरे । उनले प्रजातन्त्र, साम्यवाद तथा समाजवादको समीकरण पनि निर्माण गरेका थिए । 

साम्यवादमा प्रजातन्त्र थपे समाजवाद हुने र समाजवादबाट प्रजातन्त्र निकाले साम्यवाद हुने भन्दै साधारण जनताले बुझ्ने गरी व्याख्या गरेका थिए । उनले त्यो अनुसारको नीति निर्माण गरेर घोषणापत्रमा उल्लेख गरे । यसको लागि आवश्यक विद्यमान देशव्यापी संगठनलाई झन सशक्त बनाएर २०१५ सालको आमनिर्वाचनमा विजय प्राप्त गरे ।समयको प्रवाहसितै अवधारणाहरू पनि परिवर्तन हुन्छन् । उदाहरणको लागि अब सक्रिय राजतन्त्रको औचित्य छैन । नेपालमा संवैधानिक राजतन्त्रको पनि सान्दर्भिकता रहेन किनभने यसले संविधानको मर्म बुझेन । 

तर, आलांकारिक राजतन्त्रको नेपालमा अझै पनि सान्दर्भिकता छ । यसप्रति नेपाली कांग्रेसलाई एलर्जी हुनुपर्ने कारण छैन । त्यसैकारण गिरिजाप्रसाद कोइराला बेबी किङ आदिको कुरा गर्नुहुन्थ्यो । बिपीले त राजतन्त्रसित घाँटी नै गाँसिएको कुरा पनि गर्नु भएको थियो । तर, यदि ती साश्वत सत्य छन् भने परिवर्तन ह“ुदैनन् पनि । झन प्रगाढ हुन पनि सक्तछन् । बुद्धले संसारमा दुःख छ । यसको कारण इच्छा हो भनेका थिए । यसमा केही पनि परिवर्तन भएको छैन । अहिले यो झन प्रखर हु“दैआएको छ । बिपी मार्ग पनि बुद्धको सिद्धान्त जस्तै साश्वत सत्य छ । 

प्रजातन्त्र, राष्ट्रियता तथा समाजवाद बदलिने वस्तु होइनन् । किन्तु नेपाली कांग्रेसले यो कुरा सशक्तताका साथ प्रस्तुत गर्न सकेन । नेपाली कांग्रेसका बिरोधीले यसको मानमर्दन गर्न यसका नाराको औचित्य समाप्त भयो भन्दै दुष्प्रचार गरे । धेरै कांग्रेसीहरू त्यसलाई विश्वास गर्र्न थाले । कागले कान लग्यो भन्दा कान छाम्नुको साटो कागको पछाडि दौडिने काम भयो । फलतः एकपछि अनेक गल्ती भए ।  

पहिलो गल्ती भनेको लोभ तथा लिप्सामा लागेर सुशासन दिन नसक्नु हो । राजाले चलखेल गर्ने मौका पाए । कालिदासले आफू चढेको रूखको हा“गो काटे जस्तै पहिले राजा महेन्द्रले र पछि ज्ञानेन्द्रले निर्वाचित सरकारलाई नजरबन्द गरे । फलतः राजतन्त्र तथा संवैधानिक राजतन्त्र समाप्त भयो । यो राजालाई धेरै तथा नेपाली कांग्रेसलाई थोरै भए पनि दुबैलाई घातक सिद्ध भयो । 

तर राजतन्त्र पुनःस्थापना पनि हुन सक्तछ । बेलायतमा भएको गृह युद्धमा सन् १६४९ मा राजा चाल्र्स प्रथमलाई झुण्ड्याइयो । त्यति बेला नेपालमा प्रताप मल्ल राज्य गरिरहेका थिए । युद्धका अगुवा ओलिभर क्रमबेलको नेतृत्वमा गणतन्त्र स्थापना भयो । प्रभावकारिताका साथ काम गर्दा गर्दै उनको निधन भयो । तर, उनका छोरा रिचार्ड क्रमबेल अनुभवहीन तथा निकम्मा प्रमाणित भए । फलतः सन् १६६० मा फेरि चाल्र्स द्वितीय सत्तामा आए । अद्यावधि वेलायतमा संवैधानिक राजतन्त्र विद्यमान छ । सत्रौं शताब्दीमा भए पनि वेलायतमा संवैधानिक राजतन्त्रको पुनःबहाली हुन्छ भने नेपालमा हुन नसक्ने कारण केही छैन । तर, सक्रिय होइन, संवैधानिक पनि होइन तर आलंकारिक रूपमा स्थापना हुन सक्तछ ।  

दोस्रो गल्ती भनेको हिन्दु राष्ट्रको परित्याग गर्नु हो । कांग्रेसले धार्मिक स्वतन्त्रता रहने गरी हिन्दु राष्ट्रलाई स्वीकारेको थियो । यसको हिन्दु राष्ट्रको अवधारणा देशको सार्वभौमसत्तालाई अक्षूण्ण राख्नको लागि रामवाण औषधि जस्तै थियो । नेपालमा ८० प्रतिशत हिन्दु भएकोले यो स्वाभाविक पनि थियो । नेपाल, भारत र चीनको बीचमा अवस्थित भएकोले चीनबाट तिब्बतमाथि आक्रमण भए जस्तै चीनबाट आक्रमण भएको खण्डमा हिन्दुको बाहुल्य भएको भारतले हिन्दु राष्ट्रलाई सहयोग गर्ने र भारतबाटै आक्रमण हुन आ“टेको खण्डमा स्वयंं भारतका जनता नै विरोधमा उत्रिने भएकोले  धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको अवधारणा रहेको हो । 

किनभने, माओ त्से तुङले तिब्बत हत्केला र नेपाल, अरुणाचल प्रदेश, सिक्किम, भुटान, लद्दाख पा“च औंला हुन् भनेकाले पनि सचेत हुनु पर्ने अवस्था छ । यसको हिन्दु चरित्रले गर्दा भारतीय गृहमन्त्री सरदार बल्लभभाइ पटेलले हैदरावाद जस्तै नेपाललाई पनि भारतमा गाभ्न खोज्दा जबाहरलाल नेहरूबाटैै विरोध भई यसले आप्mनो स्वतन्त्रताको रक्षा गर्न सकेको थियो । 

त्यसकारण नेपाली कांग्रेसले आप्mनो पुनःजीवनका लागि आप्mनो धुमिल भएको पहिचान, परिचय तथा पनलाई प्रखर बनाउनु पर्दछ । नेपाली कांग्रेसको पहिचान भनेको बिपी मार्ग हो । बिपी मार्ग भनेको प्रजातन्त्र, राष्ट्रियता तथा समाजवाद र पहिले संवैधानिक थियो भने अहिले आलंकारिक राजतन्त्र हो । नेपाली कांग्रेसले बिपी मार्गको अपरिवर्तनीय प्रकृतिको बारेमा प्रकाश पार्दै अटल विश्वासका साथ यस बिपी मार्गलाई अवलम्वन गरेर अगाडि बढ्नु पर्दछ । यस नाराको नित्यताको बारेमा प्रकाश पारेर देशभरिका कांग्रेसलाई एकताबद्ध गर्नु पर्दछ । 

गत निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा ३५ लाख, एमालेको ३० लाख तथा माओवादीको १५ लाख मत झरेको थियो । यसबाट अझ पनि कांग्रेसका मतदाताले कांग्रेसलाई परित्याग गरेका छैनन् भन्ने स्पष्ट हुन्छ । बिपीको दश प्रतिशतमात्र करिस्मा भएको नेतृत्व आगामी अधिवेशनबाट आएको र आगामी निर्वाचनको घोषणापत्रमा धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र आलंकारिक राजतन्त्र राखेर निर्वाचनमा उत्रिएको खण्डमा कांग्रेस भरिसक्य दुई तिहाइ नभए बहुमतले विजय हुन सक्तछ । किनभने जनता नेपाल कम्युनिस्ट पार्टीबाट दिक्क भइसके । 

यदि त्यस्तो व्यक्तित्व पार्टीको प्रथम पंक्तिमा नभए मन्त्री भएर आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका दोस्रो पंक्तिबाट या बाहिर भए बाहिरैबाट पनि त्यस्ता प्रतिभालाई भित्र्याउन पनि कांग्रेस हिचकिचाउनु हु“दैन । भारतीय जनता पार्टीले लालकृष्ण आड्वानी, मुरली मनोहर जोशीलाई पाखालाएर प्रमुख मन्त्रीको रूपमा राम्रो काम गरेका नरेन्द्र मोदीलाई नेतामा चयन ग¥यो । फलतः लगातार दुई पटक विजय हासिल भयो । पछि हुने निर्वाचनमा आलंकारिक राजतन्त्र तथा धार्मिक स्वतन्त्रतासहितको जनमतको आयोजना गरेर यी दुबैको पुनस्र्थापना गरिनु पर्दछ । यसो भएको खण्डमा नेपाली कांग्रेसको पहिचान फेरि प्रगाढ भएर आउने छ ।  

कांग्रेसको समस्या नारा, नीति तथा निकायको होइन । समस्या नेतृत्वको हो । अहिलेको नेतृत्व विफल भइसकेकोले नया“ नेतृत्वको आवश्यकता छ । नया“ नेतृत्व आउनलाई अझै अबेर भएको छैन । किनभने, बेलायतको लेबर पार्टीमा टोनी ब्लेयर सन १९९४ मा नेतृत्वमा आएका थिए । उनले १९९७ मा लेबर पार्टीलाई जिताइकन छोडे । त्यसकारण नेपाली कांग्रेसमा पनि अहिले उर्जावान तथा ओजश्वी नेतृत्वको आगमन भयो भने तीन वर्षपछिको आउ“दो निर्वाचनमा विजय निश्चित छ । त्यसकारण समय सापेक्ष चिन्तन गर्न सक्ने, बिपी मार्गको व्याख्या गर्न सक्ने, यसको प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने नेतृत्वको नेपाली कांग्रेसमा खा“चो छ । 


Views: 64