29th October | 2020 | Thursday | 12:07:39 AM

न्यायपालिकामा चार दशक बजारमा

  POSTED ON : आश्विन २७, २०७७ (८:५१ AM)

न्यायपालिकामा चार दशक बजारमा

काठमाडौं । न्यायपालिकामा चार दशक बिताउनु भएका पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको संस्मरणात्मक कृति ‘न्यायपालिकामा चार दशक ः मेरा सम्झना’ सार्वजनिक गरिएको छ । 

लेखक रायमाझीले न्याय क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ पिँढीले आफ्नो पुस्तक पढिदिए खुशी हुने बताउनुभयो । न्याय सेवाको अधिकृत र जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुँदासम्मका चार दशकमा लेखकले भोगेका रोचक घटनाक्रम समेटिएका छन् । न्याय र कानुन सामान्यतः रुखो विषय मान्नेहरूले पनि घटना र प्रस्तुति शैलीका कारण आख्यानको स्वाद पाउनेछन् । यसमा संविधान, कानुन र न्यायमा हुने जालझेलको तथ्यपूर्ण विवरण छ । 

संविधान निर्माण, राजा ज्ञानेन्द्रद्वारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोग विघटनको फैसलालगायत नेपालको राजनीतिका महŒवपूर्ण घटनासँग जोडिएका रायमाझीको यो अनुभव राजनीतिक इतिहासको अभिन्न अंग बन्नेछ । १४ भागमा विभाजित यस पुस्तक ४१६ पृष्ठको छ र यसको मूल्य ६६६ रहेको छ ।


Views: 54

सम्बन्धित सामग्री:

कथा : अनि सपना लहराउँछ

: कार्तिक २, २०७७ (११:२३ AM)