28th October | 2020 | Wednesday | 10:43:39 PM

आज यो कविता गाऊँ

फैज अहमद फैज   POSTED ON : कार्तिक १, २०७७ (९:०६ AM)

आज यो कविता गाऊँ

(फैज अहमद फैज (सन् १९११ ( १९८४) भारतीय उपमहाद्वीपका एकजना विख्यात कवि थिए । १३ फेब्रुवरी १९११ मा पाकिस्तानको लाहौरमा जन्मेका फैज क्रान्तिकारी कवि भए तापनि रोमान्टिक कविता पनि लेख्थे । उनले आफूसँग विचार मिल्ने ब्रिटिश समाजवादी महिला एलिस जर्जसँग विवाह गरेका थिए । पाकिस्तानको पहिलो प्रधानमन्त्री लियाकत अली खाँको सत्ता पल्टाउने षड्यन्त्रको कसुरमा उनी सन् १९५१ देखि १९५५ सम्म जेल बसे । 

उनी ब्रिटिश इण्डियन आर्मीमा पनि सन् १९४२ देखि १९४७ सम्म कर्णेल पदमा रही काम गरेका थिए । पछि जागिर छोडेर पाकिस्तान गएपछि इमरोज र पाकिस्तान टाइम्सको सम्पादक भएर पनि काम गरे । उनी १९५८ मा स्थापित एसिया– अफ्रिका लेखक संघको संस्थापक सदस्य पनि हुन् । १९७८ मा उक्त संघको प्रकाशन अध्यक्ष पनि बने । सन् १९६३ मा सोभियत युनियनबाट उनलाई लेनिन शान्ति पुरस्कार दिइएको थियो । सन् १९८४ मा उनलाई नोबेल पुरस्कारका लागि मनोनयन गरिएको थियो ।)

जुन देशमा आमा बैनीहरूलाई

अन्जानले उठाएर लग्छ

जुन देशका हत्यारा गुण्डाहरूलाई

‘भलादमी’ छोडाएर लग्छन्

जुन देशका अड्डा अदालतमा

न्याय रुपैयाँमा बिक्ने गर्छ

जुन देशका वकिल, न्यायाधीश पनि

अपराधीसँग सोधेर लेख्ने गर्छन् 

जुन देशमा ज्यानका रक्षकहरू

स्वयं ज्यान लिन्छन् निर्दोषहरूको

जुन देशमा शासक अन्यायी छन्

हुक्क हुक्क रोएको सुन्दैनन् विवशहरूको

जुन देशका न्यायाधीश बहिरा छन्

सुस्केरा सुन्दैनन् निर्बोधहरूको

त्यो देशका प्रत्येक नेतामाथि

शंका गर्नु उपयुक्त हो ।


Views: 114

सम्बन्धित सामग्री:

कथा : अनि सपना लहराउँछ

: कार्तिक २, २०७७ (११:२३ AM)