30th November | 2020 | Monday | 4:49:18 AM

कविता-तिम्रो मुस्कानको हरक्षण

डा. सुमनकुमार रेग्मी   POSTED ON : कार्तिक ८, २०७७ (९:३६ PM)

कविता-तिम्रो मुस्कानको हरक्षण

तिम्रो मुस्कानको हर क्षण ।

सताउँछ–पिरोल्छ तिम्रो याद आउँछ ।।

ति तिम्रा नशालु काला केशका कण ।

भोक पनि त्यसै हराउँछ ।।


पढने बेलामा पनि किन तिम्रो याद आउँछ ।

तिम्रो नयन मेरो मनभित्र सदा रहन्छ ।।

तिमीले मुस्काएको जस्तो मेरो मन ।

किन तिम्रो याद दोहोरिन्छ ।।

सहारा तिम्रो पाए किन आशा हराउँछ ।

जहाँ रहेपनि तिमी प्रति मेरो चाहना आउँछ ।।

तिमी बिना बाँच्न सक्दिन ।

जहाँ गएपनि रहन सकिँदैन ।।


हालः कोपण्डोल ल.पु ।


Views: 112