3rd December | 2020 | Thursday | 3:53:39 AM

वादका कठघरामा नेपाली साहित्य

डा. गणेशप्रसाद घिमिरे   POSTED ON : मंसिर ६, २०७७ (११:५२ AM)

वादका कठघरामा नेपाली साहित्य

डा. गणेशप्रसाद घिमिरे 

सिर्जना मानव जीवनको आधार हो । कुुनै वस्तु वा जीवनको उद्गम र विकास सिर्जनाबाट हुुने गरेको देखिन्छ । त्यसैले सिर्जनाको पहिचान र भावना एकनासको हुुन सक्दैन । भावनामा बगेर सिर्जना आएको हुुन्छ तर सिर्जनाले भावनाको गहिराइ छुुनुु अनिवार्य मानिन्छ । यही सम्भावनाको खेती हो सिर्जनाको जुहार, भावनाको आधार । नेपाली साहित्यको इतिहासमा पद्य र गद्य साहित्यको इतिहास फरक छ । फरक भए पनि सिर्जनाको सौन्दर्यलाई यी दुुवैले बोकेका हुुन्छन् ।

साहित्यको कसी आजकल पश्चिमा साहित्यबाट भित्रिएका वादहरूलाई मानिएको छ । पश्चिमा साहित्यमा प्रचलित रहेका र साहित्यमा नवीनताको झल्को प्रदान गरेका, साहित्य वा दार्शनिक चिन्तनलाई वादका रूपमा सकारेको पाइन्छ । मानव जीवनलाई आदर्शका रूपमा साहित्यमा राखे आदर्शवाद, प्रकृतिको भव्य चित्रण वा तन्मय चित्रण परिष्कारवाद, त्यही प्रकृतिलाई भव्यतर वा मन्मय चित्रण गरेमा स्वच्छन्दतावाद, समाजका यावत् सन्दर्भलाई जस्ताको त्यस्तै पस्केमा यर्थार्थवाद, मानिसको अस्तित्व रहनेगरी साहित्यमा राखेमा अस्तित्ववाद आदि वादहरू साहित्यको पूmलबारीमा पश्चिमा परम्पराबाट आएका हुुन् । 

नेपाली साहित्यको इतिहासमा उक्त वादहरूलाई सकार्ने आधारबीज कवि लेखनाथ पौड्याललाई मानिएको राखिएको मानिन्छ । लेखनाथ पूूर्वको साहित्यमा नेपाली समीक्षाले वादको र साहित्यको पारस्पारिक सम्बन्धलाई सकारेको देखिँदैन ।

कवि लेखनाथबाट थालिएको नेपाली साहित्यको वाद परम्परामा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम तथा कवि माधवप्रसाद घिमिरे युुगीन सापेक्षमा रहेका देखिन्छन् । यी चार कविलाई प्रतिनिधिका रूपमा मानेर यो आलेख तयार गरिएको हो । मानव जीवनको हितलाई गतिशील तुुल्याउने आधारबीजलाई साहित्य भनिएको पाइन्छ । साहित्य स्वान्त सुखायका लागि पनि रचिने वा लेखिने गरिन्छ । साहित्य साहित्यकारको भावना र त्यसले निम्त्याएको सन्दर्भलाई गतिशील तुुल्याउने आधारभूूमि पनि हो । कविको भावनाको गहिराइबाट निस्केका र पाठकको मन र मस्तिष्कलाई न खल्बलाई सुुटुुक्क हृदयको भावलाई जागृत तुल्याउने आधारलाई पनि साहित्यका रूपमा हेर्न सकिने आधारहरू रहेको देखिन्छ ।


साहित्यको कसी वा साहित्यलाई जीवन्त रूपमा सकार्ने व्यक्ति हृदय हो । हृदयलाई द्रवीभूूत तुल्याउने व्यक्तिलाई सहृदय मानिएको पाइन्छ । सहृदयको हृदयमा बास गर्ने साहित्यकार र साहित्य नै कवि जगतमा अपौरुषेय मानिएका हुुन्छन् । जसले पाठकको मस्तिष्कभन्दा हृदयको भावलाई जीवन्त तुल्याएका हुुन्छन् । नेपाली साहित्यको इतिहास हेर्ने हो भने साहित्यको असली बागडोर लेखनाथ पौड्यालको आगमनसँगै भएको हो । नेपाली पद्य साहित्यको इतिहासमा लेखनाथ, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा तथा माधवप्रसाद घिमिरे बेग्लै र भिन्दै युुगलाई आफूभित्र समाहित गर्ने साहित्यकार हुुन् । यी साहित्यकारलाई युुगद्रष्टाका रूपमा पनि लिन सकिन्छ । उनीहरूका सिर्जना र सम्पूूर्ण नेपाली साहित्यलाई वादको कठघरामा राखेर अध्ययन गर्ने परम्पराले साहित्यका पाठक र कविप्रति प्रत्यक्षरूपमा न्याय भएको मान्न सकिँदैन ।

बालकृष्ण सम र कवि शिरोमणि लेखनाथ पौड्याललाई परिष्कारवादी, लक्ष्मीप्रसाद देवकोटालाई पूूर्वार्धमा स्वच्छन्दतावादी र उत्तरार्धमा प्रगतिवादी तथा माधवप्रसाद घिमिरेलाई स्वच्छन्दतावादी भनेर मूल्याङ्कन गरिएको पाइन्छ । यही आधारमा गरिएको समीक्षाले कविका भाव र तिनले व्यक्त गर्ने सौन्दर्यको रक्षा गरेको छ त ? सिर्जनाको सबैभन्दा महŒवपूूर्ण तथ्य वा प्रमाण पाठक हो । सर्जकले पाठकका हृदयमा पारेको प्रभाव नै उत्कृष्ठ हुने गरेको देखिन्छ । यही तथ्यलाई आधार मान्ने हो भने साहित्य र साहित्यकारको कसी पाठक हुनसक्ने देखिन्छ । 

पाठकको हृदयमा सुुटुुक्क छिरेर सर्जकले स्थान जमाउन सक्यो वा सकेन सो को आधारमा काव्यकारको समीक्षा हुुनुपर्ने होइन र ? पश्चिमा साहित्यबाट भित्रिएका वादहरूको कठघरामा नेपाली साहित्य र साहित्यकारलाई उभ्याउने प्रयास र प्रयत्नले नेपाली साहित्यको अवमूूल्यन भएको हुुन सक्ने ठहर इतिहासमा देखिएको पाइन्छ । हो हामीले निर्माण गरेका पाठ्यक्रम र तिनले निर्दिष्ट गरेका विषयलाई हेर्ने हो भने पक्कै पनि देवकोटा आदि कविहरू वादको कठघरामा उभिने स्रष्टा मानिन्छन् ।

साहित्य सिर्जनामा देखापर्ने प्राप्ति र प्रवृत्तिले जुन किसिमको अवधारणालाई समीक्षाको दृष्टिबाट अघि सोरेको छ त्यो पक्कै पनि हामी नेपालीको समीक्षाकोआधार हुुन सक्दैन । पाठ्यक्रम र त्यसले दिएका विषयको आाधारमा पढाउने हामीले पनि प्राध्यापकीय जिम्मेवारी निभाउन खोजेको मात्र देखिन्छ । यही मूल्याङ्कनको कसीमा राखिएको नेपाली साहित्यका साहित्यकारलाई वादको परिधिमा राखेर अवमूूल्यन गरेका त छैनौँ भन्ने प्रश्न प्रायशः जन्मने गरेको देखिन्छ । कवि शिरोमणिले काललाई सम्बोधन गरेर रचेको कविताका यी बान्की हेरौँ 

जो जो मिल्छ सुुलुुक्क निल्छ मुुखमा हाली चपाउन्न त्यो ।

थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।

जत्ती निल्छ उती उकेल्दछ पनी केही पचाउन्न त्यो ।

यै चालासित कल्प कल्प कहिल्यै खाई अघाउन्न त्यो

यी लेखनाथ पौड्यालको कालमहिमा कविताका चार हरफ हुुन् । यहाँ काल समयको रेखाङ्कन सदीयौँदेखि चल्दै आएको छ । काल मानव जीवनका लागि अवश्यम्भावी रहको तथ्यलाई उतारेका छन् । यो पद्यमा देखिएको दर्शन र पूूर्वको चिन्तनलाई मसिनो तरिकाले अध्ययन गरिएको छैन तर उनलाई परिष्कारवादीको विल्ला भिराएर नेपाली समीक्षा उम्केको देखिन्छ । साहित्यका सन्दर्भमा कवि शिरोमणि भन्छन् 

नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा

पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कार सुुषमा ।

चिरस्थायी भावोदय छ भरिलो, छैन कटुुता

कठै कस्ले जान्ने प्रथम कविको काव्य पटुुता ।

तरुण तपसीको यो पद्यले कवितामा चाहिने मूूल तथ्य र आवश्यकतालाई पूूर्णतः स्वीकार गरेको छ । भावको गम्भीरता, ध्वन्यात्मक अर्थ, अलङ्कारले सजिएको काव्य नै चमत्कारयुुक्त हुने कुराको सङ्केत लेखनाथले यो पद्यमा गरेका छन् । तर पश्चिमा परम्पराबाट भित्रिएका वादले यस किसिमको अध्ययन गरेको देखिँदैन ।

कवि बालकृष्ण समले १९७५ सालमा रचना गरेको आशा कविताका केही हरफलाई हेरौँ

मानिसको सब त्याग्नयोग्य चिजमा देखिन्छ आशा ठूलो ।

आशा बन्दछ सव्र्व प्राणिहरूमा मानूूँ ठूलो एक् कुुलो ।

आशा भग्न जती हवस् तर पनी छुुट्तैन आशा उसै ।

टुट्ला सिक्री फलामको बरु सहज् टुुट्दैन आशा कसै ।

यो पद्यको भाव हरौँ त कति सहज, बोधगम्य र मानवीय संवेदनाले भरिएको छ । त्यसरी नै कवि समको प्रकाशित हुुन नसकेको आर्यघाट महाकाव्यमा जीवनको सन्दर्भलाई लिएर भन्छन् ः

लाखौँ चक्कर आयुुको सुुरु भयो त्यो हातको जोडमा

एकै ठक्करमा टुुटी सब गए त्यो घाटको भेलमा ।

हाम्रो नाश तथापि हुुन्न कहिल्यै आकार नै मर्दछ

त्यो देखिकन आँसुुको जलधिमा आकार नै डुुब्दछ ।

कस्तो दर्शन, कति मिहीन भाव, कति मीठा शब्दचयन, कस्तो सौन्दर्य यो पद्यमा । भावको र पाठकलाई पार्ने असर हेर्ने कि ? सम परिष्कारवादी हुुन् भन्ने सन्दर्भलाई कोरेर उम्कने ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले १९९१ सालतिर रानीपोखरीलाई हेरेर लेखेको कवितामा पाठकको हृदयलाई छुुने विचार अभिव्यक्त भएको पाइन्छ । देवकोटाको उक्त कविताको एउटा पद्यलाई हेरौँ ः

चल्छन् चल्न अनेक ई सडकमा, हिल्दैन यो मौनता ।

बज्छन् बज्न त घण्ट, शब्द तर ती मिल्छन् यही शान्तिमा ।

को उठ्ला यस ठाउबाँट अहिले यो दृश्य देखि यता ।

को भन्ला, किन बस्नुु काम नदिने यो कान्तिको भ्रान्तिमा ?

यो भाव, सौन्दर्य र कविताका हरफले व्यक्त गर्ने सन्दर्भको खोज आजको समीक्षा जगतले गरेको छैन । देवकोटालाई स्वच्छन्दतावादको पगरी गुुथाएर उम्केको छ । नेपाली साहित्यको इतिहासमा देवकोटाको मुुनामदन सबैभन्दा बढी पढिने कृति बनेर आज पनि उभिएको छ । के त्यसको कारण स्वच्छन्दतावादी प्रवृत्ति कि ? लोकलय । नेपाली साहित्यको इतिहासमा महाकविको उपाधि पाएका देवकोटाले शाकुुन्तल महाकाव्यको पहिलो श्लोक मङ्गलाचरणमा भन्दछन् 

चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।

नाच्दी सुुन्दर तालले पवनमा देखी फुुलेका लता ।

बिर्से झैँ भन को तिमी यति भनी गौरी रुलाइकन ।

मुस्काएर फुल्याउँदा शिव दिऊन् कल्याणको चुुम्बन ।

आस्था, विश्वास र चेतनाको गहिरो सम्बन्धलाई कवि देवकोटाले जसरी यसमा राखेका छन् त्यसले कविताको मोहनी र पाठकको मनलाई कति महनीयता प्रदान गरेको छ । यसका साथै कवि देवकोटाको प्राच्य परम्पराप्रतिको आस्था र विश्वास कति गहकिलो बनेर उभिएको छ ।

नेपाली साहित्यलाई जीवनको कठघरामा नभई वादका कठघरामा उभ्याउने प्रयासले गर्दा साहित्यको भावभूूमि र साहित्यकारको मूल्याङ्कन हुुन नसकेको पाइन्छ । वादका परिधिभित्र रहेर हेर्ने प्रवृत्ति सजिलो हो वा पश्चिमा परम्पराप्रति हाम्रो स्थलगत निरीक्षण हो बुुझ्न पक्कै पनि गाह्रो हुने गर्दछ । त्यही सन्दर्भलाई व्यक्त गर्र्दै कवि माधवप्रसाद घिमिरेको राजेश्वरी काव्यमा देखिएको भावगत सुुन्दरता र शब्दमा धुुर्यलाई हेरौँ ः

को हवौ सुस्तरी बोल हे हिमचुली कैलाश थर्कन्छ यो

तिम्रो आकुुल श्वासबाट हिउँको उच्छ्वास बर्सन्छ यो ।

राजाका यदि दूूत हौ त भनिद्यौ सम्चार क्यै छैन रे

आफैंमा परिपूूर्णलाई दुुनियाँ संसार क्यै होवैन रे ।

यो पद्यमा अभिव्यक्त भएको भावले पूूर्वको दर्शनलाई निलेको छ । यो पद्य दर्शनमा देखिएको परागत चिन्तन र कवि घिमिरेको काव्य सौन्दर्यको मोहनी पनि हो । राजेश्वरीबाट हेलम्बुमा व्यक्त भएका यी हरफले मानव जीवनको पूर्णतालाई जसरी व्यक्त गरेको छ त्यो वादका परिधिभित्र अट्न सक्छ र ?

यी भए नेपाली कविताका इतिहासमा देखिएका प्रतिनिधि कवि र ती कविहरूका कवितामा व्यक्त विचारका आलेख । कविका सबै काव्यमा देखिएको मिहीनतालाई केलाउने होभने पनि कविताले पाठकको हृदय मागेको हुुन्छ न कि कुनै वादको घेरा । कविमा विद्यमान शक्ति वा प्रतिभाले दिएको सुन्दर भावलाई जसरी कविले शब्द सौन्दर्यबाट पस्कने गर्दछ त्यसले दिने चमत्कारले पाठकको हृदयलाई छोएको प्रतीत हुुन्छ । यसैलाई साहित्यका अध्येताले काव्य सौन्दर्य भनेर व्याख्या गर्ने गरेका छन् ।

साहित्यलाई वादले हेर्नु हुँदैन भन्ने धारणा कदापि होइन । साहित्यलाई र साहित्यकारको सिर्जनलाई वादका कठघरामा राखिनुुहुुन्न भन्ने मान्यता पक्कै पनि हो । पाठ्यक्रम निर्माणदेखि नेपाली साहित्यका सबै विधामा वादका चश्माले हेर्ने प्रवृत्तिका कारण साहित्यको र साहित्यकारको अवमूल्यन भएको हो कि भन्ने सन्दर्भलाई यस लेखमा उदृत गर्न खोजिएको हो । कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेका केही पद्यहरूलाई उदृत गरेर साहित्यका फाँटमा देखिएका शब्दका मोहनी, भावको सौन्दर्य, दर्शनको मीठासलाई हेर्ने आधार बनाइएको हो । उत्तरवर्ती पुस्ताका कविहरूमा पनि भावको मोहनी उस्तै तरिकाले गतिशील रहेको पाइन्छ । 

कवि, नाटककार, आख्यानकार, निबन्धकार आदिका सिर्जनाले अभिव्यक्त गर्ने भावलाई प्रमुुखरूपमा हेरिनुु अत्यन्त आवश्यक मानिन्छ । साहित्यकारलाई र उसका सिर्जनालाई वादका कठघरामा राखेर गरिने मूूल्याङ्कनले साहित्यकारको सिर्जनाको जलपलाई कमजोर बनाएको हुुन्छ । त्यसैले काव्यको वा काव्यकारको सिर्जनाको सम्पूूर्ण जिम्मेवार पाठक, नाटक हेर्ने दर्शक हो भन्ने ठम्याइ नै यसको केन्द्र बनेर आएको पाइन्छ । अतः नेपाली साहित्यका साहित्यकार र उनका रचनालाई पश्चिमा वादका आँखाले न हेरौँ भन्ने भावनामात्र हो । काव्य वा नाटकमा प्रवाहित रहेको रस र त्यसले व्यक्त गर्ने चारुतालाई हेरेर मूल्याङ्कन गर्नु उपयोगी हुने ठहरमात्र हो । साहित्य वा काव्यकारको मूल्य वाद होइन पाठकको हृदय हो भन्ने मान्यता नै साहित्यकारप्रतिको असल न्याय मान्न सकिन्छ । 


Views: 192