3rd December | 2020 | Thursday | 2:47:06 AM

समीक्षा : एमिली डिकिन्सन र पारिजातको साहित्यमा अमूर्तता

कमला सरूप   POSTED ON : मंसिर ६, २०७७ (१२:३४ PM)

समीक्षा : एमिली डिकिन्सन र पारिजातको साहित्यमा अमूर्तता

मेरो जीवन समाप्त हुनुअघि मेरो जीवन दुईपल्ट समाप्त भयो । यो भनाइ लेख्ने एमिली डिकिन्सनले प्रतिपादित गरेको मानवीय सम्बन्ध र त्यसको मूर्त स्वरूपलाई कसरी वर्तमान मूल्य र मान्यतामा स्वीकार्नुपर्छ भन्ने मूल आधार विश्वसाहित्यमा सोचिएको छ ।

विश्वप्रसिद्ध साहित्यकारहरू सेल्मा लागप्लोफ, ग्रेजिया देलेछा, पर्ल एस बक, सिग्रिड उढ्डस सेट, ग्राबिला मिस्त्राल, नेली साक्स, नादिन गार्डिनर, टोनी मासिनका साथै नेपालकी प्रसिद्ध साहित्यकार पारिजातका साहित्यमा पाइने अमूर्तताको सरसरती मूल्याङ्कन गर्दा जीवन र साहित्यको प्रतिबिम्बित रूप भनेको शृङ्गारिक कला र त्यसको प्रत्यक्ष सम्बन्ध जीवन हो भन्ने कुरा प्रस्ट हुन्छ । हुन त अमेरिकी प्रसिद्ध साहित्यकार एमिली डिकिन्सनको कविता र साहित्यमा वर्तमान विसङ्गति, प्रेमको पूर्ण स्वरूपतालाई सरसर्ती उतारेको पाइन्छ । 


पारिजातका साहित्यमा पाइने स्वच्छन्दतावाद, प्रयोगवाद र यथार्थवादलाई प्रतिस्पर्धात्मक अभिव्यक्ति र नवीन शिल्पशैलीका माध्यमबाट जसरी सिरिसको फूलले एउटा मूर्तता खडा गरेको छ नेपाली साहित्यमा त्यसरी नै एमिली डिकिन्सनले पनि अंग्रे्रेजी साहित्यको धारमा नयाँ प्रयोगवादी मूर्तरूप दिएकी छिन् । डिकिन्सन र पारिजातका साहित्यहरूमा पाइने एक साझा अभिव्यक्तिको कुरालाई सम्झदा मृत्यु, प्रेम र मानवीय सम्बन्धको आधारमा जीवन भोग्नु हो भन्ने कुरा स्पष्ट हुन जान्छ । हुन त दुवै लेखिकाहरूका आआफ्नै भिन्नाभिन्नै शैली र लेखनको कुरा गर्दा दुवैजनाले आफ्नो लेखनमा परम्परा, चेतना र अनुभूतिलाई कलात्मक ढङ्गले लेख्तै लेखनको विशिष्टता र संरचनापद्धति, मौलिक भेदको व्यख्या शब्दचयनमा उत्कृष्टताजस्ता कुराहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।

हुन त केही समालोचकहरूले के पनि निक्र्यौल निकालेका छन् भने डिकिन्सनका साहित्यिक कृतिहरूमा पाइने विषयवस्तु र शैलीको प्रयोगबाट विश्वसाहित्यमा नयाँ आयाम थपिएको छ । समग्रमा मानवजातिको प्रेमलाई आफ्नो जीवनसँग र जीवनका सुखी क्षणहरूसँग कसरी एउटै आधारबाट स्वीकार्न सकिन्छ भन्ने साहित्यको एक धारमा असीको दशकपछि विश्वसाहित्यले नयाँ प्रतीकात्मक आयाम थपेको छ ।

सन् १८३० डिसेम्बर १० तारिखका दिन मासाचुसेट्स राज्यको अन्यएर्ट गाउँमा जन्मिएकी एमिली डिकिन्सन अमेरिकी कविहरूमध्ये प्रख्यात कवयित्रीका रूपमा मानिन्छिन् । नेपालकी प्रसिद्ध लेखिका पारिजात जसरी नेपाली साहित्यिक इतिहासमा नबिर्सिने नाम हो, डिकिन्सन पनि अंग्रे्रजी साहित्यमा बाँचिरहने नाम हो । सरसर्ती भन्नुपर्दा यथार्थवादी लेखिकाहरू एमिली डिकिन्सन र नेपाली साहित्यकार पारिजातको लेखनलाई कोमल भाषाशैली, छन्द, अलङ्कार र सहज शब्द मिलाएर उजिल्याउने परिष्कारवादी धारमा उभिएर पनि विश्लेषण गर्नुपर्ने हुन्छ । 

हुन त यहाँ हामी फ्रान्सिस रेको रोमान्टिक उपन्यास ‘हर्ट अफ द फाल्कोन’ले देखाएको स्वन्छन्दतावादी दृष्टिकोण र त्यसको संरचनात्मक पद्धतिलाई हेरेर पारिजात र एमिली डिकिन्सनको साहित्यमा पनि त्यो प्रेमलाई खोज्ने प्रयास गर्न सक्छौँ । या अर्कोतर्फ अमेरिकी लेखिका सिली हेल्सटकको नयाँ यौनवादी उपन्यास ‘मिरर इमेज’भित्रको यौनविश्लेषणात्मक प्रेमको स्वरूपतालाई पनि यी दुवै लेखिकाहरूमा देख्न सकिन्छ । यहाँ बीपी कोइरालाको सुम्निमा र त्यसले प्रतिपादित गरेको यौनविश्लेषणको पनि व्याख्या गर्नुपर्ने हुन्छ । हुन त अर्की अमेरिकी लेखिका भी.सी. एन्डियुजको उपन्यास ‘गेट्स अफ प्याराडाइज’ ले देखाएको अन्तरवस्तु र आफैँमा सीमित भएर प्रेम गर भन्ने उनको भनाइ र लेखाइको प्रतिबिम्बित रूप पनि पारिजात र एमिली डिकिन्सनमा पाइन्छभन्दा फरक नपर्ला ।

हुन त एमिली डिकिन्सन जीवनप्रेम र कलालाई जीवनसँग प्रतिस्थापित गर्दै जीवनको मूलधारमा पुग्न सफल भएकी थिइन् जुन अंग्रे्रेजी साहित्यको एक विशेषता हो भन्ने कुरालाई समालोचकहरूले स्वीकारेका छन् । हुन त डिकिन्सनले सौन्दर्यपरक र भावपरक साहित्यका बारेमा एउटा मान्यता के पनि स्थापित गरेकी थिइन् भने मनोवैज्ञानिकता र मनोविश्लेषणात्मकतालाई आफ्ना कविताका माध्यमबाट कसरी प्रतिबिम्बित गर्न सकिन्छ भन्ने हो । यहाँनिर पाठकहरूले सोच्न सक्ने एक साहित्यिक धार–जुन पारिजातको सिरिसको फूलले देखाएको छ मा स्वच्छन्दतावाद र कलात्मक शिल्पमा मानवपरकतालाई बुझ्नुपर्छ । 

सिरिसको फूलले देखाएको मानवता र मानवीय सम्बन्धको एक महŒवपूर्ण धार पनि यथार्थवादसँग मिल्न गएको छ । हुन त सिरिसको फूलको प्रेम एट्लान्टिकका लेखक थोमस वेन्टवर्थ हिगिनसनको जस्तो प्रेम थियोभन्दा फरक पर्दैन । प्रेम अमर हुन्छ र प्रेम मुटुबाट सुरु भएर मनमस्तिष्क र आत्मासम्म पुगी त्यो मानवतावादमा परिणत हुन्छ भन्ने कुरालाई सिरिसको फूलले देखाएर मानवतावादको वकालत गरेको छ । मनोविज्ञान, भावुकता र आदर्शलाई आफ्नो मुख्य विषयवस्तु बनाएर लेख्ने विश्वप्रसिद्ध लेखिकाहरूमा ग्राबिला मिस्त्राल, नेली साक्स या सेल्मा लागप्लोफको लेखनको विस्तृत चित्रण पनि डिकिन्सनमा र पारिजातमा पाइने विशेषता हो । 

यसर्थ पूर्वीय काव्यधारामा आएको परिवर्तन होस् या पश्चिमी स्वच्छन्दतावादी शैलीमा लेखिएको परिवर्तनलाई आत्मसात् गर्दै जसरी वर्डस्वर्थ, सेली र किट्सले मानवपरक अभिव्यक्तिलाई प्रेमको उचाइमाथि प्रतिस्थापित गर्दै यथार्थवादको वकालत गरेका थिए, तिनलाई एमिली डिकिन्सनले पनि पछ्याएकी थिइन् ।

हुन त पारिजातले पछिल्ला दशकमा आएर मैले नजन्माएको छोरोलगायत आफ्ना कथाहरूमार्फत भारतीय लेखिका अमृता प्रीतमले देखाएकै जस्तो आत्मपरकतालाई सरसर्ती आत्मपरक अवस्थामा उभिएर पनि उतारेकी थिइन् । डिएच लरेन्सले सौन्दर्यलाई, किट्सले प्रेमलाई र लर्ड टेनिसनले प्राप्तिलाई जीवनसँग हेरेर साहित्यको र जीवनको मनोविश्लेषणात्मक खाका तयार गरेका थिए ।

हुन त पारिजातको मैले नजन्माएको छोराले अमेरिकी नारीवादी लेखिका एडियानीको पनि सम्झना गराउँछ । भाषा प्रेमपत्रको भाषा आत्महत्या सूचनाको लाग्छ त्यो ठाउँ नआए पनि आज त्यही परिचित सन्नाटा हामीसँग छ भन्ने एडियानीको कविताजस्तै नै ‘मैले नजन्माएको छोरो’ या ‘सिरिसको फूल’ ले वकालत गरेको छ । अर्की अमेरिकी साहित्यकार डेनिस लिभटोमेको कविता विवाहविच्छेदमा उनले लेखेकी छन् तैपनि हामी प्रेम गथ्र्यौं तर थाहा छैन आज छुट्टिएपछि यसरी पनि बाँच्न सकिन्छ कि सकिँदैन । यो कविताले प्रेमको विद्रोह गरेको थियो र यो कवितामा जुन कुण्ठा र विद्रोह पारिजात, डिकिन्सन र शंकर लामिछानेमा पनि थियो ।

एमिली डिकिन्सनले मानवजीवनका दुईवटा पक्ष हुन्छन् भन्दै तिनको व्याख्या गरेकी छन् । ती पक्षले उनको कलात्मक शिल्पको संयोजन र भावमय भोगाइसँगको जीवनको विश्लेषण पनि गरेको देखिन्छ । यहाँ हामी बर्टयाण्ड रसेलको निबन्ध ‘जेनरल इफेक्ट्स अफ साइन्टिफिक टेक्निक’ लाई सम्झन सक्छौँ । जीवनका जस्तै स्वतन्त्रताका पनि यस्ता रूपहरू छन् जुन वाञ्छनीय छन् र जुन गम्भीरतापूर्वक संकटमा परेका छन् । 

यी रूपहरूले मानवतावादको वकालत गर्छन् भन्ने कुरा देखाएको सो निबन्धले पनि एमिली डिकिन्सन र पारिजातको साहित्यलाई समेत वकालत गरेको देखिन्छ । हुन त सो मानवीय सम्बन्ध भनेको एमिली डिकिन्सनले देखाएको जीवनप्रतिको दृष्टिकोण पनि हो र पारिजातको पनि हो । यद्यपि रेक्स वार्नर, अज्ञात, विट्स, वर्डस्वर्थ, टिक फेरेरा सबैको अन्तिम भनाइ नै यही थियो । मानवतावादमा उभिएर लेख, कुण्ठा लेख र सो कुण्ठामा जीवनका विविधता लेख । हुन त हेनरी मुर र मापकस अर्नेष्टको परिभाषा जस्तै हामीले विकृति र कुण्ठाविरुद्ध लड्न लेख्नैपर्छ भन्ने भनाइलाई पनि त्यति नै महŒवका साथ हेर्नुपर्ने देखिन्छ । 

हुन त एमिली डिकिन्सनका कविताहरूले महिलाहरूको आर्थिक समानताका लागि आवाज उठाएका छन् । हुन त ‘द सेकेण्ड सेक्स’ ले पनि कैयौँ पुरुष लेखकहरूलाई पछारेर एक नारीवादी आत्मपरकता र मानवतालाई परिष्कृत ढङ्गले अगाडि सारेको थियो जसलाई सरसर्ती मूल्याङ्गन गर्दा हामीले भन्नैपर्छ मानवतावाद, भावनात्मकता र सौन्दर्यपरकता नै सर्वोच्च मानवताको व्याख्या हो । सो व्याख्या पारिजातको कलमले पनि देखाएको छ, सो व्याख्या डिकिन्सनका कविताहरूले पनि देखाएका छन् । 


Views: 151