16th January | 2021 | Saturday | 9:22:37 AM

कविता : सचेतना

किशोरकुमार भट्टराई   POSTED ON : मंसिर २०, २०७७ (८:४५ AM)

कविता : सचेतना

बुझक्कड भई बलियो छु भनी बोक्रे फुर्ति लगाउँछौं ।

स्वास्थ्य प्रोटोकलाई लत्याउँछौं र रोगलाई भिœयाउँछौं ।।

कोरोनाबाट बचुञ्जेल हामी छाती चौडा बनाउँछौं ।

सञ्जोगले संक्रमित भइएमा अनि हातखुट्टा कमाउँछौं ।।


समयमा सचेत भई, आफू र आफ्नालाई बचाऔं ।

बुद्धिमानी हुन्छ रोगलाग्नुभन्दा रोग लाग्न नदिनु ।। 

अनुशासित बनौं, अबुझपना छोडौं हामी नागरिकहरू ।

कोरोनालाई हल्का नलिऔं सावधानीसाथ अगाडि बढौं ।।


सबै जना सतर्क बनौं सचेत पनि बनौं । 

सुरक्षा विधि अपनाई सबै सुरक्षित रहौं ।। 

दुर्भाग्यवस् लागेमा यसको गर्न सक्नुपर्छ सामना ।

सबै संक्रमितहरूमा शीघ्र स्वास्थ्य लाभको कामना ।। 


Views: 190