6th March | 2021 | Saturday | 11:25:10 AM

संवेदनशील आत्मनिर्भरता !

डा. नारायण चालिसे   POSTED ON : माघ ३, २०७७ (१:१३ AM)

संवेदनशील आत्मनिर्भरता !

टोनीलाई म बसेको अपार्टमेन्टको बाहिर पार्किङ्गलटमा गाडी पार्क गर्न लागेको देखेँ र म तल झरेँ । पचहत्तर वर्षीय टोनी म बस्ने अपार्टमेन्टको नजिकै केयर सेन्टरमा बस्छन् । आज उनको साथमा चाँदी जस्तै कपाल फुलेकी सुनौलो फ्रेम भएको चश्मा लाएकी, विपत्तै गोरी, राम्री, ढाडले हल्का कुप्रिएकी तर उज्यालो आकर्षक अनुहार भएकी लगभग पचहत्तरजतिकी प्रौढ महिला पनि थिइन् । उनीहरू गाडीबाट झरे, मैले माथिबाट कुर्सीहरू झारेँ, हामी अपार्टमेन्टकै चौरमा कुर्सी लगाएर बस्यौँ । 

टोनी आज खुशी थिए, उनले ती महिलासँग मेरो परिचय गराउँदै भने ‘मिस्टर नारायण, यिनी चेल्सिया हुन् । मेरी पत्नी, हामीले अस्ति चर्चमा गएर बिहे ग¥यौँ । भर्खरैमात्र उनी यहाँ हामी बस्ने केयर सेन्टरमा आएकी हुन् टेक्सासबाट । हामीले सँगै बस्ने निर्णय ग¥यौँ, हतारमै बिहे ग¥यौँ । हेर न ! मैले मेरा धेरैजना आफन्तहरूलाई पनि खबर गर्नै पाइन । त्यस्तैमा तिमी पनि छुट्यौ । तिमी पनि धेरै दिन भयो हाम्रोतिर आउँदै आएनौ । तिम्रो कन्ट्याक्ट नम्बर मिस भएछ, म बिहेको व्यस्तताले गर्दा यता आउनै पाइनँ’ भनेर टोनीले एक्स्क्युज गरे । 

मैले उनीहरूलाई बधाई दिएँ ‘तपाइँहरूको यो दाम्पत्य जीवन एकअर्कोलाई बुझेर व्यवहार गर्न, सुख दुःख बाँड्न र रिटायर्ड जीवनलाई सुखमय बनाउन सफल रहोस्, मिस्टर टोनी एण्ड मिसेस चेल्सिया !’ भनेर हात मिलाएँ । ती वृद्ध दम्पतीका शीतल हातसँग हात मिलाएर मैले जीवनको एउटा ज्यादै सुन्दर संयोगलाई अनुभव गरेँ ।

टोनी र चेल्सिया आज निकै खुशी थिए, एक अर्कोलाई सम्मानपूर्वक हेर्ने र मुस्कुराउने गर्दै थिए । हामीहरू आधाघण्टा जति त्यहाँ बसेर आफ्ना कुरा ग¥यौँ । म यहाँ नेब्रास्का आएको केही दिनपछि यहाँका ठाउँहरू घुम्दै हेर्दै जानकारी राख्दै जाने सिलसिलामा केयर सेन्टरमा पुगेको थिएँ । कम्पाउन्डबाट भित्रतिर जिज्ञासापूर्वक हेरिरहेको देखेर टोनी गेटमा आएर मलाई सोधेका थिए, ‘कसलाई खोज्नुभयो ? तपाइँको पनि कुनै मान्छे यहाँ बस्छन् कि ?’ अनिमात्र मैले यो ठाउँ ओल्डिज होम भएको थाहा पाएर उनीसँग अरू सोधपुछ गरेको थिएँ ।

टोनी र उनी जस्तै अरू दश÷बाह्रजना वृद्धवृद्धाहरू यहाँ आफ्नो रिटायर्ड जीवन बिताइरहेका रहेछन् । कोही बुढाबुढीहरू जोडी थिए, केही सिङ्गल, त्यसमध्ये टोनी सिङ्गल थिए । 

उनकी पत्नीको चार वर्ष पहिले निधन भएको रहेछ । छोराछोरीहरू आआफ्नो काममा रहेछन् । उनी यहाँ सरकारी सुविधामा बस्दा रहेछन् । दुई हप्तामा छोरा छोरीहरू भेट्न आउँदा रहेछन् । तर समस्या के थियो भने टोनीलाई दुई वर्ष पहिले प्यारालाइसिस अट्याक भएर बायाँ अंग कमजोर भएको रहेछ । उनी मुस्किलले हिँड्न सक्छन्, बायाँ खुट्टा केही चल्छ तर बायाँ हात कत्ति चल्दो रहेनछ । तर आश्चर्य ! उनी आफ्ना धेरै काम आपैmँ गर्न रुचाउँछन्, कसैको अपेक्षा गर्दैनन् । 

‘अरूसँग सहयोग माग्नु भनेको आपूm ज्यादै कमजोर भएको संकेत हो तर मलाई आपूm कमजोर छु भन्ने लाग्दैन । रोग लाग्नु संयोग हो, उपचार गरे निको हुन्छ । आत्मनिर्भर भएर बाँच्नुको आनन्द बेग्लै छ । फेरि यो दुनियामा त्यति सहयोगी र दयालु मानिसहरू नै कहाँ छन् र ? यहाँ त मानिसलाई आफ्नै निम्ति मरिहत्ते गर्दैमा फुर्सद छैन । मेरो निम्ति को तयार भएर बसिदिएको हुन्छ र सहयोग गर्न । त्यसैले मिस्टर नारायण मैले कडा आत्मविश्वासका साथ प्यारालाइसिसको अट्याकलाई प्रतिकार गरेँ । फिजियोथेरापीले धेरै रिकभर भएँ । यो बायाँ हातचाहिँ त्यति रिकभर हुन सकेन । तर केही छैन मैले दायाँ हातलाई अभ्यस्त पारिसकेँ । अब मलाई सिँढी चढ्न केही गाह्रो छ, अरू काम पनि सजिलै त नभनौँ अब काम चलाउ गर्न सक्ने भएँ ।’

आज मैले थप आश्चर्य देखेको थिएँ । टोनी आपैmँले कार चलाएर आएका थिए । साथमा थिइन् उनकी नयाँ दुलही चेल्सिया । उनले निकै अनुरोध गरिछन् कार नचलाउन अनि आपूmले कार चलाएर मद्दत गर्ने इच्छा राखिछन् । तर टोनीले मानेनछन् । उनले तिमी मेरो पत्नी हो, आज लङ ड्राइभमा तिमीलाई लिएर जाने इच्छा छ । भर्खर त म बिहे गरेर बेहुला बनेको छु, मैले अझ धेरै यात्रामा तिमीलाई लिएर हिँड्नु छ लोग्ने बनेर । आजै म तिम्रो सहारामा हिँडे भने तिमीलाई नमजा लाग्ला, कस्तो मानिससँग बिहे गरिछु भन्ने लाग्ला । अनि मलाई पनि केवल हेल्पर चाहिएकाले तिमीलाई बिहे गरेको भन्ने फिलिङ होला, म परनिर्भरताको पक्षमा छैन । 

मलाई अरूको मुख ताक्ने बानी पर्ला । तिमीमा मेरोसमेत जिम्मेवारी थपिँदा जीवन अरू बोझिलो बन्ला । यसै त सत्तरी काटेको जीवनमा धेरै कुराहरूमा कम्प्रमाइज गर्नु परेको हुन्छ, थप मेरो बोझले तिमीलाई अरू निराश बनाउला । त्यस्तो हुन दिन मन छैन मलाई । प्लिज चेल्सी मलाई केही दिन लोग्ने जस्तै हुन देऊ अनि तिमी नयाँ दुलहीजस्तै मेरो आडमा बसेर मलाई साथ देऊ’ भनेर टोनीले चेल्सीलाई गाडीको स्टेयरिङ समात्न दिएनछन् र आपैंm बसेछन् ।

उनको आत्मविश्वास र अमेरिकी सरकारको भरोसा दुवै मलाई सम्मानयोग्य लागे । एकजना पचहत्तर वर्षे वृद्ध त्यो पनि पक्षाघातले आधा भएको व्यक्ति स्वयंले गाडी चलाउने इच्छा राख्नु अनि एक हातले स्टेयरिङ् समातेर गाडी चलाउने उनको इच्छाको सम्मान गरेर गाडी चलाउने अनुमति दिनु दुवै कदरयोग्य कुरा थिए ।

उनले भने, ‘हेर नारायण यहाँ मानिसको स्वतन्त्रता र उसको आत्मविश्वासको ठूलो सम्मान हुन्छ । मलाई सोधिएको थियो तिम्रो निम्ति हामी सहयोगी व्यवस्था गरिदिन्छौँ । तिमीलाई कुनै आपत्ति त छैन ? भनेर । तर मैले सहयोगी राखेर आफ्नो विश्वासको शक्तिलाई कमजोर पार्न चाहिन । मैले केही समयको निम्तिमात्र सहयोगी लिएँ अनि फिर्ता गरिदिएँ । टोनी तिमीलाई गाडी चलाउन गाह्रो पर्छ हामी हेल्परको व्यवस्था गर्छौं भन्दै थिए । मैले भनेँ अमेरिकी कानुनमा नै मलाई गाडी चलाउन नदिने व्यवस्था छ भने ठिकै छ होइन भने दायाँ खुट्टा र दायाँ हातको मद्दतले म ड्राइभ गर्न सक्छु भनेर अस्वीकार गरेँ । 

उनीहरूले तिमीलाई आपूmमाथि भरोसा छ भने हामीलाई तिमीमाथि विश्वास छ । हाम्रो इच्छा तिमीले आपूmलाई कमजोर नठान भन्नेमात्र हो । जुन दिन तिमीलाई सहयोगको अपेक्षा हुन्छ हामी तयार छौँ’ भनेर उनीहरूले मेरो इच्छाको सम्मान गरे, म खुशी छु ।’ 

यति भनिरहँदा मैले भने उनको आत्मविश्वासले उज्यालिएको अनुहार एकोहोरो हेरिरहेको थिएँ । मैले भनेँ, ‘मिस्टर टोनी तपाइँको स्वाभिमान र आत्मविश्वासले भरिएको कुरा र व्यवहार साँच्ची नै सम्मानयोग्य छ । तर आत्मनिर्भरताको नाममा उमेर र अवस्थालाई बिर्सिनु पनि त्यति स्वाभाविक होइन । चेल्सीया आउनु भएको छ तपाइँको जीवनमा अब तपाइँहरूले आपसी विश्वास र समझदारीमा बाँकी जीवनलाई थप सुन्दर बनाउनु पर्छ । सम्भवतः चेल्सीयाले तपाइँको अशक्ततालाई कमजोरी मान्नु हुने छैन । उहाँ जस्तो साथी भएपछि अब भने केही जिद्दीहरूलाई तपाइँले पनि संशोधन गर्नुपर्छ तबमात्र चेल्सीलाई पनि खुशी लाग्नेछ, सन्तोष मिल्नेछ ।’ 

मैले यति भन्न नपाउँदै चेल्सीयाले थपिन् ‘करेक्ट मिस्टर नारायण । म पनि उनलाई यिनै कुरा बुझाउन खोज्दैछु । म बहत्तर वर्ष, उनी पचहत्तर वर्ष । यो उमेरमा हाम्रो सम्बन्ध भनेकै एउटाको निम्ति अर्को भरोसा बन्नकै निम्ति हो । अब हामीले हाम्रो यौवनको जस्तो जीवन बाँच्न त चाहेर पनि सक्दैनौं । जे गरियो, जे भोगियो ती स्मृतिलाई साथमा लिएर अबको जीवनलाई सहज किसिमले चलाउने न हो । मलाई तिम्रो भरोसा तिमीलाई मेरो भरोसा । आपसमा बुझ्न र व्यवहार गर्न सक्यौँ भनेँ न हामी जोडिएको अर्थ छ होइन भने तिमी कुनै अपार्टमा म कुनै अपार्टमै ठिक थियौँ नि ? फेरि म पनि प्रेसर र डाइबिटिजको पेसेन्ट हुँ । कुनै दिन मलाई औषधि पानीको खाँचो पर्ला । मैले पनि त तिमीबाट कुनै अपेक्षा राख्नु भएन । यस्तो आफ्नो आफ्नै जिद्दीको निम्ति त हामी किन सँगै हुनु परेको थियो र ?’ भनेर आफ्नो भित्री इच्छा राखिन् ।

‘हेर न नारायण मैले उनलाई हयोग गरेँ भने म उनको कमजोर अवस्थाबाट कारुणिक भएर मद्दतको निम्ति गुन लगाउन आएको जस्तो अर्थ हुन्छ रे । आफ्नो कमजोरीलाई सार्वजनिक गरेको ठहरिन्छ रे । त्यस्तो पनि कहीँ हुन्छ । म त अब उनकै हुँ नि अनि उनी मेरो । अब पनि के तेरो ? के मेरो ? होइन र ?’

मैले समर्थन जनाएँ । ‘हो मिसेज चेल्सीया तपाइँको विचार नै उत्तम विचार हो बरु अब टोनीले यो कुरालाई बुझ्न जरुरी छ । अरूबाट सहयोग माग्नु र चेल्सीयाबाट सहयोग हुनु धेरै फरक कुरा हो । यसबाट तपाइँको स्वाभिमान र आत्मनिर्भरतामा कुनै आँच आउँदैन ।’ 

यति कुरा गर्दा गर्दै बिहानको एक झोक्का चिसो बतासले हामीलाई छोएर गयो । चिसो अनुभव गर्दै टोनी कुर्सीबाट आपैंm उठे, मेरो वा चेल्सीको सहयोगलाई मन पराएनन् । उनी सरासर गाडीमा गए, दायाँ हातले गाडी खोले, भित्रबाट मुस्किलले उइनफ्रुप ज्याकेट झिके र दायाँ हातको सहयोगले चल्दै नचल्ने बायाँ हातको बाहुलामा ज्याकेट छिराउन खोजे । 

त्यो दृश्य निकै कारुणिक र कष्टप्रद थियो । मैले मद्दत गर्न चाहेँ मानेनन्, चेल्सीयाले सहयोग गर्न खोजिन्, त्यो पनि मानेनन् । निकै समय लगाएर अति कष्टले ज्याकेटको बाहुलामा हात छिराए । बडो यत्नले बायाँ हातसम्म पु¥याएको ज्याकेटलाई फेरि हावाले उडाएर पछाडिबाट तल झारिदियो, उनले फेरि ज्याकेट टिपेर उस्तै कष्टपूर्वक लगाए । ज्याकेटको चेनमाथि खिच्न उत्तिकै मिहिनेत प¥यो । त्यो सबै आपैंmले सम्पन्न गरे । हामी हेरेको हे¥यै उभिइरहृयौँ, भित्रभित्रै पीडा र ग्लानिबोध भयो तर उनले हाम्रो सहयोगलाई मान्दै मानेनन् । उनी आएर फेरि कुर्सीमा बसे, चेल्सीयाले दुःखी हुँदै कुरा उप्काइन् ।

‘देख्यौ नि नारायण उनको जिद्दी ! यस्तै हो सबै काम उनले यसरी नै गर्छन्, गर्न रुचाउँछन्, मेरो सहयोगलाई उचित मान्दैनन्, उनलाई भएको कष्टले मलाई पोल्छ तर सहयोग गर्न पाउँदिन । मलाई त टोनीले केवल आफ्नो कष्ट देखाउन र त्यसमा दुःखी हुनको निम्तिमात्र आफ्नो ठानेका छन् कि जस्तो लाग्छ । म साथमा हुने अनि उनले हरेक कुरामा यसरी नै दुःखपूर्वक काम गर्नेमात्र हो भने मलाई त यसबाट कत्ति पनि सन्तोष हुने भएन । तिमी नै भन नारायण के यो टोनीको जिद्दी उचित हो त ?’ 

मलाई पनि चेल्सीयाका कुरा ज्यादै मार्मिक लागे । मैले भनेँ ‘कुरा सत्य हो चेल्सीया ! तपाइँको जस्तै मेरो पनि विचार छ । एक अर्कोलाई नबुझ्ने र उसको भावनालाई कदर नगर्ने हो भने यो उमेरमा तपाइँहरू एक हुनुको के अर्थ रहन्छ र ? आफ्नो इच्छाको स्वतन्त्रता पनि आफ्नालाई मिचेर अघि बढ्न मिल्दैन । मिस्टर टोनी तपाइँलाई भित्र कतै आपूm केही कुरामा कमजोर भएँ कि भन्ने लागेर यस्तो कठोर कर्म पनि एक्लै सम्पन्न गरेर क्षतिपूर्ति गर्न खोज्नु भएको हो ? तपाइँ कमजोर भएर होइन अवस्थाले तपाइँलाई साथ नदिएको हो । 

तपाइँको स्वाभिमान र आत्मनिर्भरता ज्यादै सम्मानयोग्य छ तर तपाइँको जिद्दीलाई सम्मान गर्न सकिँदैन । तपाइँले अब आपूmभित्रको हिनताभासलाई मिल्काएर मनलाई निर्मल पार्न सक्नुपर्छ । अनि चेल्सीया पनि तपाइँ आपैmँभित्र उदाउनु हुनेछ । अब तपाइँहरूमा अभेद सम्बन्ध हुनु जरुरी छ । मैले त चेल्सीलाई समर्थन गरिसकेँ तपाइँले पनि छिट्टै उहाँको भावनालाई बुझ्नुहुनेछ ।”

हाम्रा कुरा सुनेर बसेका टोनी निकै गम्भीर देखिए । उनले भने ‘हो तपाइँहरूका सबै कुरा ठीक हुन् । मलाई पनि चेल्सीको चित्त दुखाउन मन छैन । उनी भर्खर मेरी पत्नी बनेर आएकी छन् । आएकै दिनदेखि म उनको सहयोगमा बाँच्न खोजेँ भनेँ उनलाई कस्तो लाग्ला ? फेरि उनले पनि आफ्नो लोग्ने यस्तै अवस्थामा गुमाएर आएकी छन् अनि अर्को लोग्ने पनि उस्तै हुँदा उनलाई कस्तो लाग्ला ? मलाई त उनी दुःखी नहोऊन् भन्ने छ । हामीले एक एकवटा जिन्दगी बिताएर अर्कोमा हात हालेका छौँ । उनको पनि त्यस्तै रमाइलो जिन्दगी थियो र मेरो पनि । 

मैले त्यस्तै आपूmलाई भन्दा मलाई नै बढी माया गर्ने पत्नी गुमाएर आएका हुँ । उनी छउञ्जेल कहिल्यै जिन्दगीका बारेमा गुनासो गर्नै परेन तर जब उनी गइन् मेरो सबै कुरा उनीसँगै गएछन् । म त रित्तिएँछु तर पनि बाँच्ने आपूmआपूm रहेछ । पत्नीको मृत्युपछि वास्तवमा मैले आफूलाई केही थाहा नपाएको अनाडी जस्तो पाएँ तर त्यसपछि नै मलाई सबै कुरा आपैंm गर्नुप¥यो । अनिमात्र मलाई आत्मनिर्भरताको बोध भएको हो । थप यो अट्याकपछि त मेरो भन्नु नै केही बाँकी थिएन । 

तर, मैले त्यही समयमा मेरा छोराछोरीको सहयोग पाइन । अस्पतालमा आए, भेटे, आफ्नो–आफ्नो व्यस्तता प्रकट गरे । अस्पताल प्रशासन र डक्टर, नर्सहरूलाई उपदेश दिए अनि गए । तर मलाई उनीहरूको पूर्ण सहयोगको खाँचो थियो जुन मलाई आफन्तहरूबाट प्राप्त भएन । त्यसै दिन मलाई बोध भयो अब मेरा भन्ने कोही छैनन् तर पनि मलाई बाँच्नु छ, बाँचेपछिका सबै कर्म गर्नु छ । जब आफ्नाहरू आफ्ना जस्ता भएनन् भने अरू आफ्नो कसरी हुन्छ ? अनि मलाई बाँच्ने इच्छाशक्तिमा विश्वास बढेर आयो । म मेरा सबै काम आपैंm गरेर बाँच्छु । 

त्यस दिनदेखि अट्याकलाई चुनौती दिएर बाँचँे । कडा परिश्रमले फिजियोथेरापी गरेँ । अस्पतालका डाक्टर, नर्स र प्रशासनले निकै सहयोग ग¥यो तर त्यो सहयोगले मलाई सधैँ त काम दिँदैनथ्यो । त्यसपछि नै मलाई जीवनबोध भयो । म छ महिनामै रिकभर भएर फर्किएँ । अहिले म रिटायर्ड जीवन बाँचिरहेको छु तर मलाई अब मात्र मेरो सक्रिय जीवन सुरु भयो भन्ने जस्तो लाग्छ । यसमा मलाई साथ दिन मिसेज चेल्सीया आएकी छन् । अहिले म धेरै खुशी छु तर मिस्टर नारायण, वर्तमानलाई सधैं अतीतले चिमोटिरहँदो रहेछ । त्यो नै सबैभन्दा नमिठो स्वाद रहेछ जीवनमा ।’ टोनीले गम्भीर भएर यति कुरा गरे ।

‘मैले पनि तिमीले जस्तै एउटा जीवन रित्याएर, आपूm पनि रित्तिएर यहाँ आएकी थिएँ । यहाँ आएकै दिन जब तिमीसँग भेट भयो, तिम्रो यस्तो अवस्थामा पनि तिमीभित्रको इच्छाशक्ति, आत्मविश्वास, जीवनप्रतिका पोजटिभ धारणाहरू र तिनलाई पटकपटक पाइरहने तिम्रो प्रयत्न देखेर नै त म पनि जीवनतिर फर्किएकी हुँ नि मिस्टर टोनी । मलाई यसरी जीवनप्रति आकर्षित गराएर बाँच्नको निम्ति सहयात्रामा एकापसमा हातहरू मिलाएपछि मैले पनि तिमीसँग यात्रा गर्न पाउनु परेन र ? 

मैले पनि बिर्सिएको आत्मीयतालाई तिमीमा प्रकट भएको हेर्न पाउनु प¥यो नि । तिमीले पनि मलाई गुन लगाएजस्तो ऋणी पार्नु भएन । म अब तिम्रो हरेक यात्रामा पाइला बन्न चाहन्छु, आश्रमदेखि जोडिएको सम्बन्ध जीवनसम्म जान पाउनुपर्छ । मैले पनि तिमीले जस्तै सक्रिय जीवन सुरु गरेको हो । उमेर बहत्तर भए पनि मन त मेरो पनि पैंतीसकै छ नि होइन र ?’ भन्दै मिसेज चेल्सीले मिस्टर टोनीलाई अँगालोमा बाँधिन् । उनीहरूलाई यस्तो प्रेम प्रकट गर्नु सामान्य भए पनि मलाई त्यति सहज थिएन तापनि मैले उनीहरूको प्रेममा समर्थन जनाएँ ।

‘हस् त मिस्टर नारायण, अब अर्को दिनको चिया गफ हाम्रोमा हुनुपर्छ । अँ, साँच्ची हामीले बिहे भोज त ख्वाएकै छैनौँ नि ! हामी फोन गर्र्छौँ आफ्नी पत्नीलाई लिएर आउनुपर्छ नि साथमा’ भनेर टोनी उभिए । मैले ‘अवश्य मिस्टर एण्ड मिसेज टोनी’ भनेर स्वीकृति प्रकट गरेँ ।

उनीहरू हाँस्दै उठे । ‘खोइ देऊ कारको चाबी, मैले पनि धेरै भो कार नचलाएको । तर मैले बिर्सेकी छैन नि विश्वास गर । मैले पनि कारलाई गन्तव्यमा पु¥याउन सक्छु !’ भन्दै मिसेज टोनीले चाबी आफ्नो हातमा लिइन् र टोनीलाई हातको सहयोगले आफ्नो सिटमा लगेर बसाइन् । सिटबेल्ट बाँधिदिइन्, आपूm ड्राइभिङ सिटमा बसेर बेल्ट बाँधिन्, कार स्टार्ट भयो । दुवैले हात उठाए, मैले पनि हाँस्दै हात उठाएर बाइ गरेँ । एकैछिनमा उनीहरूको कारले स्पिड लियो, म कुर्सी बोकेर अपार्टमेन्टको सिँढी चढेँ ।

कवयित्री कौशिला रिसालका ‘समय र सपना’ संग्रहभित्रका सबै कविताहरू स्तरीय र पठनीय छन् । कथामा जसरी नै उहाँको कविताको लेखनी पनि प्रभावपूर्ण र तेजिलो छ, सफल छ । उहाँको कविताको सुदूर भविष्य सुन्दर देखिन्छ । 


Views: 333