4th March | 2021 | Thursday | 4:55:07 AM

बालकविता : कोरोनाले सिकाएको सीप

रञ्जुश्री पराजुली   POSTED ON : माघ १०, २०७७ (८:३९ AM)

बालकविता : कोरोनाले सिकाएको सीप

कोरोनाको कहरले घरै बस्यौ हामी

लेख्यौँ पढ्यौँ घरैबाट सिक्न धेरै पायौँ

बाहिर घुम्न खेल्न जाँन पाउँदै पाएनौँ

घरैभित्र बसे पनि काम धेरै सिक्यौँ ।


केही घण्टा मिडियामा स्कुल पाठ पढ्छौँ

गफगाफ होइन त्यहाँ आफ्नो पाठ गर्छौं

गुरु पनि घरैबाट हामीलाई शिक्षा दिन्छिन्

यस्तो बेला मिडियाले काम धेरै गर्छन् ।


घरै बसी बाबा पनि अफिस काम गर्छन् 

कुनै बेला आमा पनि मिडियामा बस्छिन् 

घर बाहिर कोही आए फुच्चे भुकिहाल्छ

उसको बानी दैलो कुर्ने त्यहीँ रमाई बस्छ ।


कोरोनाको बेला हामीले काम धेरै सिक्यौँ

दिदीभाइ हामी मिली आमालाई सघायौँ

पकाउँन हामीले सिक्यौँ लुगा धुन पनि

कुचो कसेर पुछ्पाछ गर्न सबै हाम्ले सिक्यौँ ।


गमलामा रङ्गीचंङ्गी फूल पनि फुलायौैँ

करेसा बारीमा मलजल हाली गोड्यौँ 

दिदी तरकारी पकाउँछिन् स्वादिलो पारी

गर्छौं सबै काम हामी आमालाई खुशी पारी ।

 

हाल ः अस्टिन, अमेरिका । 


Views: 115

सम्बन्धित सामग्री:

भारत वर्ष

अनुवाद : मणि शर्मा : फाल्गुन १५, २०७७ (१०:०४ AM)

कविता : देशको वासना

हरि दाहाल : फाल्गुन १५, २०७७ (९:३७ AM)