8th March | 2021 | Monday | 8:49:31 AM

कविता : स्वाधीनता

सुरेश भट्ट   POSTED ON : माघ १०, २०७७ (८:४० AM)

कविता : स्वाधीनता

पार्वतीको छोरो हुँ म पर्वतमै घर

पर्वतकै लाग्छ माया पर्वतमै भर

पर्वतकै शिर मेरो पर्वतकै शरीर

पत्थरमै फुल्छु सधैँ नाम मेरो करीर ।

 २

नेपाल मेरो पर्वत देश दौरा सुरुवाल भेष

आमा मत काखमै छु है फुलिसक्यो केश

 सगरमाथा उच्च शिखर विश्व शिरपोश

 स्वाधीनताको रक्षा खातिर उठ्छ सधैँ जोश ।

 ३.

मेचीदेखि कालीसम्म हाम्रो नेपाल सरहद

टिष्टादेखि लिम्पियाधुरा लिपुलेक फाकट

कालापानी हाम्रै सरहद वीरपुर्खाको आर्जन

वीर गोर्खाका सन्तान हामी दुष्मनको मार्जन ।

 ४.

पृथ्वीनारायण लागे अघि लागे सारा भारदार

टुक्राटाक्री बाइसी चौबीसी उपत्यका सेन सर

साम्राज्यको बिस्तार रोकी एकीकरण जब भयो

गोर्खालीको अभियानले नेपाल स्वाधीन रहृयो ।

 ५ 


Views: 460