2nd March | 2021 | Tuesday | 6:33:36 AM

दाहालका दुई विधाका दई कृतिको लोकार्पण

  POSTED ON : फाल्गुन ७, २०७७ (९:३६ AM)

दाहालका दुई विधाका दई कृतिको लोकार्पण

धादिङ । श्रीपञ्चमीको पावन अवसर पारेर वरिष्ठ साहित्यकार बद्रीप्रसाद दाहालका दुई विधाका दुई कृतिको प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका नगरप्रमुख तथा नगरपालिका महासंघ नेपालका महासचिव भीमप्रसाद ढुंगाना र विशिष्ट अतिथि अर्जुन कुमार न्यौपानेले एकसाथ लोकार्पण गर्नुभएको छ । विमोचित कृतिहरूमा ‘सयपत्री’ (छन्दकविता–सङ्ग्रह) र ‘माला–चिन्तन’ –निबन्ध–सङ्ग्रह) रहेका छन् । विमोचित निबन्धमाथि नीलकण्ठ क्याम्पसका उपप्राध्यापक डा. नवीनबन्धु पहाडीले समीक्षा गर्नुभएको थियो भने कविता कृतिको समीक्षा कवि विष्णु न्यौपानेले गर्नुभएको थियो । 

विमोचन समारोहमा शार्दूलविक्रीडित छन्दको ‘प्रणय–गीत’ शीर्षकको कविता धादिङकी कला र गलाकी धनी कवयित्री कल्पना अधिकारीले गाएर उपस्थित अतिथिहरुलाई मन्त्रमुग्ध पार्नुभएको थियो । धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष उपप्राध्यापक प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अर्का विशिष्ट अतिथि भाषाविद्, नेपाली भाषा बचाउ आन्दोलनका नायक बलदेव गाउँलेले कृतिकार बद्रीप्रसाद दाहालका निबन्धगत वैशिष्ठता र काव्यगत प्रवृत्तिमाथि चर्चा गर्नुभएको थियो । समारोहमा मानव अधिकारकर्मी कृष्णप्रसाद दाहाल नेपाल प्रेस युनियन संघका केन्द्रीय कोषाध्यक्ष सरोज अधिकारी, नीलकण्ठ मा.वि.का प्र.अ. ध्रुव अधिकारीले साहित्यकार दाहालको लेखनयात्राको चर्चा गर्दै शुभकामना दिनुभएको  थियो ।  उक्त समारोहमा कृतिकार दाहालले उपस्थित सबैमा धन्यवाद दिँदै कृतिहरूको विक्रीबाट आएको रकम सिर्जना प्रतिष्ठानको नाममा अक्षयकोश स्थापना गर्ने बताउनु भयो । कार्यक्रमको उद्घोषण कवयित्री गायत्री खतिवडाले गर्नुभएको थियो ।


Views: 310

सम्बन्धित सामग्री:

भारत वर्ष

अनुवाद : मणि शर्मा : फाल्गुन १५, २०७७ (१०:०४ AM)

कविता : देशको वासना

हरि दाहाल : फाल्गुन १५, २०७७ (९:३७ AM)