11th April | 2021 | Sunday | 7:15:58 PM

कविता : सामन्ती सोच हटाई देश विकास गरी देऊ

  POSTED ON : चैत्र १४, २०७७ (९:५९ AM)

कविता : सामन्ती सोच हटाई देश विकास गरी देऊ

श्यामकृष्ण अधिकारी

चाहिन्न भयो विलासी गाडी नकिन ऋणमा ।

दिउँसै रात पारेर हाम्लाई उज्यालो दिनमा ।।

चाहिन्न हेलिकप्टर पनि अस्पताल खोली देऊ ।

सामन्ती सोच हटाई देश विकास गरी देऊ ।।१।।


मागेर भीख देश यो चल्छ विदेशी दयामा ।

जनता कुर्छन् सिटामोल पनि उनकै मायामा ।।

रगत धेरै चुसी पो सक्यौ अब त छाडी देऊ ।

सामन्ती सोच हटाई देश विकास गरी देऊ ।।२।।


तिमीले बेच्ने कर्मठ युवा विदेशी भूमिमा । 

बाकसभित्र लासमा फिर्छन् आमाले खोजेमा ।।

रुँदैछन् मेरी नेपाल आमा रोजगारी जोडी देऊ ।

सामन्ती सोच हटाई देश विकास गरी देऊ ।।३।।


चप्पल तिम्रा चुँडिदा तिम्ले टुकीमा गाँसेर ।

लाएको धेरै भएको छैन भोलिलाई साँचेर ।।

जे–जति ग¥यौ अति भो अब स्कूल खोली देऊ ।

सामन्ती सोच हटाई देश विकास गरी देऊ ।।४।।


चाहुरी गाला पुस्टेर राता भई सके अब त ।

राजा नि भयौ, रानी नि बन्यौ बिर्सेर विगत ।

नर्कको बाटो खनी नै सक्यौ अब त छाडी देऊ ।

सामन्ती सोच हटाई देश विकास गरी देऊ ।।५।।


सवारी तिम्रो भड्किलो हुन्छ खर्चिलो गरेर ।

मर्दछन् मेरा दाजु र भाइ ओखती कुरेर ।। 

पानीको प्यासमा शहर रुन्छ समस्या हेरी देऊ ।

सामन्ती सोच हटाई देश विकास गरी देऊ ।।६।।


Views: 272