16th May | 2021 | Sunday | 2:42:16 AM

बालकविता : चंगा चेट

रञ्जुश्री पराजुली   POSTED ON : बैशाख १८, २०७८ (९:५६ AM)

बालकविता : चंगा चेट

ठूला साना रंगीचंगी
चंगा उड्छन् फनफनी
पुग्छन् माथि अकाशमा
ढलपल झुली रमाई

रूख हाँगा बीच अल्झी
घुम्छन् धेरै तन्किई
भूइँमा झर्छन् कोही चाहिँ
धागो काटिई टुक्रिई

काका दादा रमाएर
चंगा उडाउँछन् शनिबार
धागो बलियो बनाउँन
माजा दल्छन् मिलेर

दादा बोक्छन् ठूलो लट्टाइँ
बुट्टे चंगा अड्काई
सानो भाइले सानो लट्टाइँ
सानै चंगा रमाई

कका सहित चंगा उड्छ
माथि पुच्छर हल्लाई
साथीभाइ रमाई हेर्छन्
सु¥याई ताली पड्काई

सुरुरु धागो बग्छ
चंगा माथि बत्याई
माथि–माथि त्यो नाच्छ
बादल माथि रमाई

हावा चल्छ सुरुरु
चंगा उड्छ फुरुरु
पुच्छर हल्लाई यो नाच्छ
जित्छु भन्ने आसमा

हाल : अष्टिन, अमेरिका ।


Views: 95