16th May | 2021 | Sunday | 2:47:54 AM

म भित्रकी तिमी

अच्युत दाहाल   POSTED ON : बैशाख १८, २०७८ (१०:०० AM)

म भित्रकी तिमी

म भित्र
तिमी छौ र नै सपनाहरू छन् ।
चाहना
जो हो जस्तो
होइन जस्तो थिए
स्थायी भएका छन् ।
श्वासप्रश्वासको हर एक गन्तीले
लयदार भाका समाएको छ
एउटा मीठो गीत भएको छ जीवन
जसलाई गुनगुनाउँदै बितोस् जस्तो लाग्छ
दिनभित्रका मसिना पलहरू ।
मभित्र तिमी हुनुको अर्थ
तिमीभित्र टल्केको
समर्पणको ऐना
मेरै अगाडि ठिंग उभिएर
तस्वीर देखिन थालेपछि स्पष्ट भएको हो
तिम्रा सपनाहरू देखेपछि त हो
मैले आफ्नो सपनाको अर्थ पाएको
म युग युग होइन
एक पलमा एक युग बाँच्न चाहन्छु तिमीमा
जस्तो कि बादलमा वर्षा
फूलमा वासना
घाममा उज्यालो
जूनमा शीतलता बाँचेका छन् ।


Views: 174