15th June | 2021 | Tuesday | 9:34:07 AM

कविता : सरकार र आमा

नवराज कौशिक   POSTED ON : बैशाख २५, २०७८ (९:०३ AM)

कविता : सरकार र आमा

आमा, आजसम्म नआएको
लोकसेवाको मेरिट लिस्टमा नाम न हो
सरुवा, अपजस र अवगाल
सबै मेरै नाउँमा मात्रै आएकै छ आमा ।
आजसम्म हुन नसकेको त्यही हाकिम न हो ।
हाकिमकै नामबाट कारबाही र
सरुवा भएको पत्र मैले नै पाएकै छु ।।
यही देश हो, आमा
समावेशीका कमजोरहरू झ्यालबाट छिर्न पाउने ।
दुनियाँका सबै कुरा जान्दा पनि
म चाहिँ मूलढोकामै रोकिए आमा ।।
रातारात अरूको नाम कसरी निस्कन्छ आमा ।
जसको फर्म भर्ने बेलासम्म कुनै तयारी हँुदैन ।।
खान मन छैनभन्दा पनि अरू विकल्प छैन आमा ।
विकल्पविहीन अवस्थाले विक्षिप्त बनाएको छ आमा ।।
जसले फाइल उठाउन लगायो उसैले बदनाम गरायो ।
म चाहिँ दोषी अनि निर्णय गर्ने ऊ चाहिँ नामी भयो ।।
अरूको हित गर्ने समय रहेनछ आमा रहेनछ ।
यहाँ कोही आफ्नो रहेनछ आमा कोही पनि रहेनछ ।।
फ्रन्ट लाइनमा काम गर्ने तल्लो लेभललाई कारबाही हुन्छ ।
अरूको भाग खोसेर कुम्ल्याउनेलाई सम्मान हुन्छ ।।
आमा,
नोकर हुँ राष्ट्रको, सरकारी सिन्दुर छ सिरमा ।।
चौलानी रहेछ सरकारी जागिर,
नशा नशामा याद मात्रै छ,
चामल रूपी सरकारी सेवाको ।।
बत्तीको पुतली भयो सरकारी जागिर ।
जानी जानी ठोक्किनै प¥यो ।।
धेरै आउँछन खुसीले खान्छन् ।
जीवन नसकी पछुताएर सकिन्छन् ।।
म बाउले पैसा दिन छाडेपछि
सरकारी जागिर खान आएको ।।
सरकार, तिमी भन्छांै
निवेदन दस्तुर तिर्नुपर्छ फर्म भरेको ।।
हाकिक साप,
म भोको पेट लिएर सेवा गर्न आएको छु ।
म मेरो पेटको पहिला सेवा गरुँ कि देशको ।
छोराले जागिर पाएको कुरा आमालाई सुनाइदिए हुन्छ
तर बिन्ती जागिरले छोरा खाएको कुरा नसुनाइदिनु होला ।।
मलाई माफ गरिदिनोस् आमा
मैले सरकारसँगै तिम्रो सेवा गर्न सकिन ।।
यो सरकारी सेवा गर्ने छोरा हो आमा
मैले पेटको लागि सेवा गरेको हुँ न कि जनताको ।।
(जिल्ला प्रशासन कार्यालय, नुवाकोटमा ।)


Views: 191

सम्बन्धित सामग्री:

कविता : सत्ता

नन्दलाल खरेल : जेठ २२, २०७८ (११:४३ AM)

कविता : सत्ता

नन्दलाल खरेल : जेठ २२, २०७८ (११:४१ AM)