21st June | 2021 | Monday | 1:43:50 PM

श्रमजीवीका आवाज ! (छन्द—स्रग्धरा)

बद्रीप्रसाद दाहाल   POSTED ON : बैशाख २५, २०७८ (९:१४ AM)

श्रमजीवीका आवाज ! (छन्द—स्रग्धरा)

हाम्रै नारा लगायौ, सुटबुट पहिरी, लर्किएको छ टाई ।
भत्ता सत्ता भकुर्दै, असक—अबुझका, स्वेद प्युँछौ रमाई ।।
डाँका नै मित्र मिल्दा श्रमिक सब ठगी, धर्ममारा बनेछौ ।
हाम्रा स्वप्ना बिकाई, महलभरि बसी, सर्वहारा भनेछौ ।।
 ।।१।।
खोलानाला नदी औ, वन बगर पुरातत्व बेची कमायौ ।
हाम्रा ती रक्तधारा, पिइकन सजिलै, राज्यसत्ता जमायौ ।।
थारा नारा लगायौ, पर मुलुक डुल्यौ, बैंकमा रास राख्यौ ।
रक्सी औ सुन्दरीमा, लत गजब बढी, घूसभित्रै रमायौ ।।
 ।।२।।
प्यारी छोरी बुहारी, भतिज मित परिवार राजा बनायौ ।
मुठ्ठी बाटेर उफ्री, ‘दल’ दलदलमा छ्या ! नराम्रो फसायौ ।।
उर्लन्छौं सर्वहारा, नव धनपतिका, त्रूmर धोका विरूद्ध ।
थारा नारा लछारी, श्रमकरू जनता, क्रान्तिमा हुन्छ बुद्ध ।।
 ।।३।।


Views: 169

सम्बन्धित सामग्री: