कविता: उज्यालो हुनेछ

✍️ रञ्जुश्री पराजुली   POSTED ON : असार २६, २०७८ (७:११ AM)

कविता: उज्यालो हुनेछ

खोक्रो अस्तित्वमा भौँतारिँदै 

अरूको दयामा बाँचेको

ए अस्तित्वहीन अनुहारहरू हो 

किन मै हुँ भन्ने धाक लिएर 

दयाको मूल्यहीन आवाज हुङ्कार गर्ने 

आफ्नो सीप र क्षमताले केही गर न 

ए नोकरतन्त्रका हुतिहाराहरू हो 

तिमीहरू पनि मानिस हौ 

नबन निरीह 

आपूmभित्रको शक्ति र सामथ्र्यलाई

उजागर गर दान र दयामा बाँच्न छाड ।

आपूm अक्षता छरिएका ठाउँमा 

पत्थर बनेका छन् तीर्थधाम 

तिमी त जीउँदो मानव हौ 

तिमीभित्रको नकारात्मक भावलाई

असार साउनकाने भलमा बगाइदेऊ

तिमी भगवान बन्नु पर्दैन 

मानिस नै बन 

तर, असल मानिस 

यसका लागि चेतनाको दीप जलाऊ

मानवताको मूल्य उठाऊ 

त्यसैले सर्वत्र उज्यालो छर्दछ । 

अन्ततः ज्योतिमय बन्छ 

आफ्नो सामथ्य आफैँ 

खोज गर्नु पदैन 

कठोर तपस्या ।

हाल अमेरिका । 


Top