महाभारत अल्झियो विवर्तनमा

✍️ डा. गणेशप्रसाद घिमिरे   POSTED ON : श्रावण २, २०७८ (७:०६ AM)

महाभारत अल्झियो विवर्तनमा

धर्मेचार्थे च कामे च मोक्षे च भरतर्षभ ।

यदिहास्ति तदन्यत्र यन्नेहास्ति न कुुत्रचित् ।

(धर्म, अर्थ, काम मोक्षको विषयमा महाभारतमा जे उल्लेख गरिएको छ त्यो अन्यत्र पनि छ तर महाभारतमा उल्लेख नभएको कुरा अन्यत्र कतै छैन) । यो महाभारतको सबैभन्दा महत्वपूर्ण वाक्य हो । महाभारतमा राजा पाण्डुले राज्य त्याग गरेर वानप्रस्थी जीवन जिउने अभिलाषा राखे । साथै पत्नी कुुन्ती (पृथा) र माद्रीलाई लिएर गए । वानप्रस्थी जीवन निर्वाह गर्न गएका पाण्डुु त आएनन् । आए पाँच पाण्डव र कुुन्ती हस्तिनापुुरमा । यही हो उपन्यासको कथानक । यत्ति हो त्यसको सारवस्तुु पनि तर लेखकले कुुन्तीलाई जसरी विवर्तन गराएका छन् त्यो सबैभन्दा रोचक बनेर आएको छ ।

महाभारतबाट कथावस्तुु ग्रहण गरिएको यो उपन्यास साहित्यकार टेकनाथ दहालको हो । उनले महाभारतको कथालाई मिथकमा ढालेका छन् । महाभारतकी कुन्तीलाई एउटा वरदान प्राप्त थियो । उनले जसलाई बोलाउँछिन् ऊ उनीसित सहवासका लागि आउँछ । कुुन्तीले वरदानको परीक्षा गर्न सूूर्यलाई बोलाइन् । सूूर्य आए कर्ण जन्मिए महाभारतमा । कर्णलाई खोलामा बगाइन् तर उपन्यासमा उपन्यासकारले सूूर्यलाई पृथा माइतीमै छँदै पात्रका रूपमा उभ्याए । सूर्यको अंश कर्णलाई खोलामा बगाएनन् । पृथाकी विश्वसनीय सुसारेमार्फत अधीरथको जिम्मा लगाए ।

यता पाण्डुुको आज्ञाबाट पृथाले धर्मराज, वायुु, इन्द्रलाई बोलाएर युुधिष्ठिर, भीम र अर्जुुनलाई यो धरामा ल्याइन् महाभारतमा । सौता माद्रीका लागि अस्विनीकुमारको आहृवान गरिन् । अस्विनीकुुमारबाट नकुुल र सहदेव जन्मे । यहाँ कुुन्तीले बोलाएकी छैनन् । धर्म, वायुु, इन्द्र, अस्विनीकुुमार उपन्यासमा आएर उभिएका छन् मानवीय पात्र बनेर । यी पात्रबाट आएका युुधिष्ठिर, भीम, अर्जुुन, नकुुल र सहदेवसहित कुुन्ती हस्तिनापुर फर्किन् । कुन्ती हस्तिनापुुर फर्कनुुलाई लेखकले विवर्वन भनेका छन् । उपन्यासकी नायिकाको हस्तिनापुर आगमनलाई नै विवर्तन बताइएको छ उपन्यासमा । यत्तिमै उपन्यासले विराम पाएको छ ।

महाभारतको जटिल विषयलाई गतिलो तरिकाले उपन्यासकारले ल्याएर राखे उपन्यासमा । पाण्डुु जब वानप्रस्थीका लागि उद्यत् भएका छन् त्यो सन्दर्भलाई उपन्यास भन्छ ‘सबैतिरबाट असफलता प्राप्त गरेको व्यक्ति नै अन्ततः पारभौतिक शक्तिको खोजीमा लाग्दो रहेछ क्यारे (पृ.१४) ।’ कत्रो गम्भीरता यो वाक्यमा । जीवन सफलता र असफलताको प्रतीक हुुन्छ तर सफलता नभेटेमा भौँतारिने होइन । आस्था र विश्वासको जगलाई मूूर्तरूप दिन क्रियाशील हुुनुु आवश्यक छ ।

उपन्यासकारले कुन्ती र माद्रीका सन्तान उत्पादनलाई ईश्वरीय वरदान बनाएनन् । व्यक्ति उपस्थित गरे । समाजमा हुुर्किएका र जीवनलाई बुुझ्न पहाडका कन्दरामा भौँतारिएका पात्रहरूलाई उभ्याए कुुन्ती र माद्रीको गर्भधारणमा । त्यो यति सरल तरिकाले राखे जो मिथकमा भन्दा यथार्थमा उभिए पात्रहरू । पहिले कुुन्तीसित भेट भएको धर्मले कुुन्तीसित प्रेम गरेको छ । धर्मले जुुन किसिमको परिभाषा मुुक्तिका बारेमा गरेको छ त्यो पक्कै पनि अति गूूढ बनेर आएको छ ‘मृत्युुभन्दा परको संसारको परिकल्पना जिउँदो मान्छेले मात्रै गरेको छ मरेर गएका मानिसले होइन (पृ.२१) ।’ यो वाक्य धर्मराजको होइन । कुुन्तीसित भेट भएको धर्मको हो ।


हस्तिनापुरमा सकुुनी आएर बसिरहेको थियो । उसको चाल र षड्यन्त्रको शिकार हस्तिनापुर बनेको थियो । यही सन्दर्भलाई उल्लेख गर्दै पाण्डुुकी पृथा भन्छे ‘हस्तिानपुर आज विदेशीहरूको स्वार्थको केन्द्र बनिरहेको छ (पृ.७४) ।’ हस्तिनापुरको रक्षाका लागि भीष्म पितामह जीवित थिए तर उपन्यासकारलाई किन विदशी हस्तक्षेपको गन्ध आयो थाहा भएन । शक्तिशाली राज्य हस्तिनापुरलाई कसको डर थियो होला र ? 

यस्तै यस्तै प्रसंगगले उपन्यास भरिएको छ । पाठकको मन तान्न सफल पनि छ । वर्तमानमा बाँचेको मानिस इतिहासबाट शिक्षा लिन सक्छ तर इतिहास विगत हो । विगतलाई हेरेर वर्तमानलाई सुुधार्न सकिन्छ । त्यही इतिहासलाई लिएर मानिसमा डर हुुनुु अनिवार्य हुुन्छ । इतिहासलाई वर्तमानमा उतार्न सक्दैन मानिस । त्यही कुुरालाई लिएर पाण्डुु भन्छ ‘इतिहाससँग डर नभएकाहरू जे गर्न मन लाग्छ गरिरहूून् (पृ.७५) ।’

उपन्यास प्रेम, विद्रोह, अध्यात्म, नियतिको चपेटामा परेको छ । मानिसको आस्था र विश्वासलाई लिएर उपन्यासकी मूलपात्र पृथा भन्छे ‘मन्दिरमा कुुनै भगवान् बोल्दैनन् । त्यहाँ त हामीभित्रकै आस्था बोल्नेमात्रै हो । मनलाई बुुद्धिले चलाउँछ । बुुद्धिलाई चेतनाले (पृ.८२) ।’ यी पृथाका वाक्य हुुन् । महाभारतकी कुुन्ती यसरी बोल्दिन । ऊ आस्थावान छे । हस्तिनापुुरमाथि विश्वास, भीष्मप्रति आस्था, आफ्नो जीवनप्रति आशाका किरणले सजिएकी छे । 

उपन्यासकी कुुन्ती (पृथा) यसरी बोलेकी छे । कस्तो विद्रोह उसको आस्था र विश्वासप्रति । यही हो औपन्यासिक यथार्थ । मिथकलाई पात्रका रूपमा ढालेर उपन्यासकारले विश्वसनीय बनाएका छन् । विश्वसनीय साहित्यको मूल मान्यता हो । साहित्य विश्वासको गाहिराइमा गएन भने त्यसले जीवन्त रूप पाउँन सक्दैन । विश्वासको तरङ्गमा हुुँडलिएको छ उपन्यास । 

पृथा र माद्रीका सबै छोरा ईश्वरीय उपासनाका देन हुुन् । प्रेमका परिचय पनि होइनन् । पाण्डुु आफैं पुुरुषत्वविहीन अवस्थाका थिए र उनले सन्तानोत्पादनका लागि कुुन्तीको वरदानलाई प्रयोगमा ल्याउन आग्रह गरेका थिए । उपन्यासकारले त्यो अवस्थालाई स्वाभाविक तरिकाबाट प्रस्तुत गरेका कारण उपन्यास जीवन्त बनेर आएको छ । माद्रीको अधिकारसम्बन्धी प्रश्नलाई लिएर कुुन्ती भन्छे ‘अधिकार समाजले स्थापित गरेको नैतिक पर्खाल हो । आफ्नै सापेक्षतामा अर्कालाई हेर्ने सूूक्ष्म दृष्टि हो (पृ.१११) ।’ अधिकारका बारेमा उसले व्यक्त गरेका भावले कति गहनता बोकेका छन् । 

जीवन भोगाइ हो । यो आफैँ भोगिँदैन । भोग्ने मानिस हो । जीवन जसरी भोगे पनि भोग्ने व्यक्ति र त्यसले निर्वाह गर्ने साधनलाई भोगाइ भनिन्छ । जीवन भोगाइका सन्दर्भमा पृथाको यो सानो हरफमा कति गूूढ रहस्य लुुकेको छ ‘जीवन जसरी चलाए पनि आनन्द जीवनकै मूल लक्ष्य हो (पृ.१६३) ।’ यस्तै यस्तै सूूक्तिले उपन्यास भरिएको छ । उपन्यासकारले महाभारतलाई भन्दा पनि जीवनको रहस्यलाई यहाँ अभिव्यक्त गर्न खोजेको देखिन्छ ।

पाण्डुु र माद्रीको मृत्युुले पृथामा नैराश्य जन्मायो । जीवन र मृत्युुुको दोसाँधमा मानिसलाई राख्यो । यो मृत्युु कति डरलाग्दो हुँदोरहेछ भन्ने सन्दर्भको बोध गरायो । यो मृत्युुलाई लिएर उपन्यासकार भन्छन् ‘मृत्युुपछाडिको जीवनले न जीवनकै खोजी गर्न सक्दछ न आफैँभित्रको अन्तरात्माको खोजी गर्न सक्दछ । यतिसम्म कि जीवनलाई माया र मिथ्या भन्न पनि सक्दैन । विचार, चेतना, तर्क, खोज सबैको अन्त्य मृत्युुसँगै हुुन्छ र मान्छेको भौतिक अस्तित्व पनि बिलाएर जान्छ (पृ.२०४) ।’ मृत्युुको समाचार सुुनेर हतप्रभ भएकी पृथालाई उपन्यासकारको सन्देश हो यो । यो कति गहकिलो सन्देश ।

उपन्यास आदिदेखि अन्यसम्म पृथाको सक्रियतामा समापन भएको छ । पृथामा विद्यमान् अवस्था र शीर्षकीकरणमा पनि उसैको अस्तित्व देखिएकाले उपन्यासको केन्द्र ऊ नै बनेकी छ । ऊ नारी हो । नारी ममताकी खानी हो । त्यो खानीलाई परिभाषाका सूूत्रमा बाँध्न सकिँदैन तर उपन्यासकार नारीको सौन्दर्यलाई तथा उसको भावलाई परिभाषा गर्दै भन्छन् ‘नारी धर्ती हो । पृथ्वी हो । इतिहासको थालनी आज पर्यन्त यो धर्तीलाई ककसले सजाएका छन् ? कतिले आफ्नो जीवन पाएका छन् र जीवनको उत्सर्ग पनि गरेका छन् ¤ धर्तीविना सृष्टिको परिकल्पना निरर्थक छ धर्ती कहिल्यै अपवित्र हुुँदैन । जब हामी धर्तीमाथि जीवन भोगिरहेका छौँ भने शुुद्धाशुुद्धिको प्रसंग नै आउँदैन (पृ.२२१) ।’ 

जीवन सुख र दुुःखको पुुञ्ज हो । भोगाइ हो तर भोग्ने सन्दर्भमा आएका रहस्यलाई जीवनले आफूभित्र समाहित गरेको हुुन्छ । सुुखमा मात्तिनुु र दुुःखमा आत्तिनुु मानवीय धर्म हो । यही जीवनका दुुःखलाई भोगेकी माद्री भन्छे ‘दुुःखले मार्नमात्रै खोज्छ तर मार्न चाहिँ सक्दोरहेनछ । दुुःखको पनि एउटा सीमा हुुन्छ । सीमा उलंघन त दुुःखले पनि गर्न सक्दोरहेनछ । अन्तिम सीमासम्म पुुगेपछि सबैलाई फर्किनुु नै पर्दोरहेछ । दुुःख पनि सुुख बनेर फर्किनुुपर्दोरहेछ (पृ.२०९)।’

महाभारतको सानो टुुक्रालाई उपन्यासकारले गतिलो तरिकाले यहाँ उतारेका छन् । कथा महाभारतको छ । पात्र जीवन्त छन् । मिथकलाई यथार्थमा समाहित गरिएको छ । त्यसले औपन्यासिक परम्परामा सहजता थपेको छ । त्यो सहज अभिव्यक्तिले उपन्यासलाई स्वाभाविक रूपमा उतारेको छ । आफ्नो कथा र भूूमिकासहित २३७ पृष्ठमा महाभारतकी पृथाको विवर्तनलाई पाउन सकिन्छ । पृथा वा कुुन्ती वानप्रस्थी जीवनबाट हस्तिनापुरमा आएकी छ । हस्तिनापुुरको राज्यभोग उसले भोगी भोगिन उपन्यासले भनेको छैन । भाषिक मिठास र सूूक्तिमय अभिव्यक्ति उपन्यासभरि छरिएका छन् । ईश्वरीय वरदानलाई मानवीय साँचोमा ढालेर प्रस्तुुत गर्नु नै उपन्यासमा देखिएको गतिलो पक्ष हो । 


Top