असारे गीत

✍️ ममता पौडेल बगाले   POSTED ON : श्रावण २, २०७८ (७:०९ AM)

असारे गीत

सुख दुःख गर्थिन् देउरानी मेरी ती बसुन्धरा 

असारे झरी गाउँ बेंसी गर्दा थाकिछन् कठैबरा 

दबदबे हलो झरी र बादल फाटेछ फरिया 

नगरे पीर किनेर ल्याउँला त्यसभन्दा बढिया ।


चुलो र चौका बालबच्चा अनि गोठमा वस्तुभाउ 

ख्यान गर्न तिम्रो भ्याइनछु मैले मन कत्ति नदुखाऊ 

सहोदर दिदी सम्झ है मलाई संकोच नमान 

दैलो र कुचो सघाउँला तिमीलाई उठेर बिहान ।


सम्झाई बुझाई ससुरा सासू घर व्यवहार चलाउँला 

राखौंला राम्रा संस्कार जोगाई कुरीति फालौँला 

बनाउँला घरमा नियम नयाँ सल्लाह सहमति 

यसैमा हाम्रो भलाइ छ बहिनी उन्नति प्रगति । 


Views: 80

सम्बन्धित सामग्री:

कथा : गुनी र बैगुनी

✍️ सुरेश भट्ट : श्रावण २, २०७८ (७:२३ AM)
Top