कथा : गुनी र बैगुनी

✍️ सुरेश भट्ट   POSTED ON : श्रावण २, २०७८ (७:२३ AM)

कथा : गुनी र बैगुनी

शहरको छेउको टोल बस्ती सार्वजनिक यातायातको सुविधा धेरै कम थियो । एकडेढ घण्टाको फरकमा चल्ने बसको के भर ? सहरमा विभिन्न विषय र संस्थाले बोलाउने सामाजिक अभियन्ता समाजसेवी सामाजिक र बौद्धिक मान्छे भएकाले कार्यक्रममा जानुअघि वा पछि आफ्नो तरकारीबारीको काम सकेर वा बेलुकी अरू सुत्दै गर्दा काम गर्ने बुढा प्रायः शहरबाट फर्कँदा ढिलो हुने भएकाले टोनी पर्खिराख्थ्यो अरू सबै गेटको चुकुल अड्काएर र ढोका ढप्क्याएर सुतिसकेका हुन्थे किनकि टोनी रात परेपछि बरण्डाको बेञ्चमा सुतेर ढोका र गेटको आवाजको चियो गरिरहन्थ्यो । 

टोलमा बुढा पसेको टोनी टाढैबाट थाहा पाउँथ्यो किनकि टोलमा पसेदेखि नै बाहिर बसेका झ्यालमा बसेर हावा खाने वल्लो पल्लो घरकासँग कुरा गर्ने आउने जाने सबैले बा भनेर बोलाएका सम्मान गरेको जवाफमा बुढा बोलेकै हुन्थे । जब बुढाको आवाज सुन्थ्यो तब टठमराएर गेटको मुखैमा छिद्रबाट हेरिरहन्थ्यो । बुढा गेटमा पुग्दै गर्दा एक फेर उसको भाषामा हृवाङ हृवाङ गरेर सायद बा आयौ भन्दो हो । बुढाको हातमा जे भए पनि उसले एक फेर सुँघ्नै पथ्र्याे । भित्र गएर चाबी नल्याएसम्म गेट लगाए पनि नलगाए पनि कुर्नु उसको नियमितता थियो । 

गेट लगाएपछि बुढा मेचमा बसेर टोनी कमन भनेपछि पुच्छर हल्लाउँदै अगाडि आएपछि बुढाले बेञ्चमा बस्न इसारा गरेपछि मान्छे बस्ने कार्पेट नउठाएको भए अँ आँ गथ्र्यो । अनि बुढाले त्यो निकालेर बारमा राखेर तलबाट उसको बाक्लो कार्पेट राखिदिएपछि फुत्त उक्लेर बस्थ्यो र उसका खुट्टाले हल्का स्पर्श गर्दै खानेकुरा माग्थ्यो । अरूले जेजति दिएको भए पनि बुढाले एउटा बिस्कुटमात्र भए पनि दिनै पथ्र्याे किनकि उसलाई बानी परिसकेको थियो । भित्र बुढाले खाना नखाउन्जेल भुक्ने र यताउता मुसोसम्म कुद्न दिँदैन थियो । माछा मासु भएको दिन उसलाई पहिलै नै गन्धले थाहा हुने भएकाले बुढाले दिन्छन् भनेर पर्खन्थ्यो जब बुढा केही लिएर निस्कन्थे । 

ऊ बेञ्चबाट तल झरेर उसको खाने भाँडा छेउ पुगेर पर्खन्थ्यो । जे जति राखिदिएको खाएर आफ्नो ठाउँमा गएर बस्थ्यो । यी बुढाभित्रको रखबारी गर्थे भने टोनी बाहिरको रखबारी गथ्र्याे । ऊ दिएको खान्थ्यो बुढा राखिदिएको खान्थे । बुढा इष्टमित्र ढोगभेट सरसम्मान गर्थे भने टोनी भुक्नु पुच्छर हल्लाउनु र निगरानी राख्ने र रोडसम्म घरमा आएका मान्छे र विशेषगरी बुढाका परिवारका मानिसलाई पुर्‍याएर फर्कन्थ्यो ।

एक साँझ धेरै बेर टोनी आएन गेट लाउन टोनी टोनी भनेर बोलाए तर पैलेझैँ कराउँदै आएन । कसैले यहाँ छ भनेरभन्दा पनि भनेनन् । किनकि बुढा टोलको निर्माण र सामाजिक सेवाले चिरपरिचित थिए भने बुढासँगै टोलभरिमै परिचित थियो टोनी । झन् स्कुले विद्यार्थीसँग त परिचित भएकाले खाजा खानेबेला भुराको नजिक जान्थ्यो । भुराले दिएको खाजा खाएर फेरि घर आउँथ्यो । ढेपेको गेट आफैं धकेलेर छिथ्र्यो नढेपुन्जेल त्यहीअगाडि बसिरहन्थ्यो । आज आएन । दुई चार दिन भयो बा पनि कता पो जानुभयो । साँझसम्म रोड छेउमै बालाई पर्खिएर रहने ठूलो साँझ टरेपछि घर फर्कन्थ्यो । टोलका मान्छे भन्ने गर्थे यो टोनीले बालाई पर्खेर आको अझयता पनि हेर्दै र खोज्दै छ । 

त्यो बा नआएसम्म गेटमै कुरेर बस्छ रे । कति फेर त मैले नै देखे । अब जान्छ र त्यहीँ कुरिरहन्छ । के पशु भन्ने खोइ मान्छेले आफ्नै परिवार लोग्ने स्वास्नी छोराछोरीले यस्तो गर्दैन यो आज तीन चार दिनदेखि भिन्दै भएको छ बाबै । हाम्रो पसलमा आउँनेसँग बिस्कुट दुनोट माग्थ्यो माथि उक्लेकै छैन कस्तो छ बाबै । यसरी हिजोमात्रै पल्लो चोकमा कुरा भएको रे टोलबासीको खोइ आज झन घरै आएन रे वल्लो पल्लो घरमा कुरा चल्दैथ्यो । तैपनि गेट त लाउनै पर्‍यो, लाए । 

भित्रको रखुवारे तीन चार दिनदेखि बेपत्ता छ । कसैलाई चासै छैन । टोलटोलमा कुरा भइरहेको छ । यता झन् बाहिरी रखुवारे पनि आजबाट आएन । कसैलाई रत्तिभर पिरसुर्ता छैन सबै आफ्नै सुरमा र धुनमा संसार कति स्वार्थी छ । मान्छे होइन सबैलाई काम प्यारो हुने रहेछ ।

बा..बा.. को होला ? बा हुनुहुन्न ? एकहप्ता हुनलाग्यो कता पो गा हो । ए ! हेर्नुस् त्यो टोनी हाम्रै मूल रोडको चोकको छेवैमा पुलनेर बेलुकी सधैं बाटोमा बालाई कुरिरहन्थ्यो । कुन पापीले पछाडि खुट्टा च्यापी दे छ मलाई देख्ने बित्तिकै घसे्रर ऊँ ऊँ गर्‍यो । बिस्तारै आउन बल ग¥यो, सकेन । चिनेको छिमेकीसँग सहायता मागेको होला । ल है म गएँ । कोइराला गए । कोही गेट खोलेर दुर्घटनास्थल सडकसम्म भित्र लान लिन आएनन् । 

रातभरि साउने वर्षायामको झरी । बिहानीमा मान्छे उठेर चहलपहल गर्दा त घिर्सिंदै घिर्सिंदै सहायता खोज्दै घरको गेटमा पुगेछ र सहायताको याचना गर्दागर्दै पुग्यो होला तर सहायताको आशाविहीन भयो होला र त गेटको छेंडामा मुख राखेर मरिरहेको सबैले देखेपछि धेरैले चुँ चँु गरे र भने यो घरको शोभा र सतमात्र गएन यो टोलकै गहना र रखुवारे गयो । विचरा पशु भन्नै मिल्दैनथ्यो । भोलिपल्टबाट स्कुलका भुरा टोनी खोइ, टोलवासी टोनी गएछ हगि । बिर्सनै नसक्ने कठै, भन्दै गर्दा सम्बन्धित घरकाको कुनै प्रतिक्रिया नआएको देख्दा टोलमा कृतघ्न र बैगुनी भनेर खासखुस गरेको सुनियो । 

गुणी सबैको गुणी बैगुनी त परिवारकै पनि नहुनी । पल्ला घरकी आमा घरछेउमा एक्लै फत्फताउँदै थिइन् ‘गुनी र बैगुनी हुँदै नहुनी विचरा टोनी अर्को जुनीमा गो नि’ । के भयो आमा किष्णेले भन्यो ? पल्लो घर बुढाबाको टोनी कस्को गाडीले च्यापो कुन्नि हिजो अस्ति आज राति घिस्रिँदै आएर उनकै दैलामा मरेछ । हँ हो र ? मैले त झन् बुढाकै नराम्रो कुरा सुनेर सोध्न आएको । ओहो ! के ? भन् भन् । कता हो सातादिनअगाडि धादिङको सिम्लेमा थिए रे तीन दिन अगाडि पत्रिकामा बुढो मान्छे सडकमा अलपत्र भनेर लेखेको त उनै बुढा हुन रे कपडाबाट चिनेको रे । 

त्यो मान्छे बुढा नै हुनरे ती काम गर्ने मान्छेले यो मान्छे त सुनौलो बस्तीको हो भन्यो रे । यो मान्छेलाई मैले चिने भन्यो रे । फोन पनि उसको नातेदार कहाँ आथ्यो रे । घरमा आएरभन्दा होइन भने रे । बुढा त जोगी भाथे रे नि लगाएको र पहेंलो झोलाबाट पहिचानेको रे । अगाडि पनि त्यही शिवालयमा जोगीसँग बस्थे रे जोगी पनि भन्थ्यो रे यो बुढो बिरक्तिएर हिँडेको भनेर, त्यसपछि धेरै सोधखोज र फोन गर्दा कोही गएन रे । चिनो राखेर समाधिस्थ गरेको रे । ए साँची क्रिया गर्न र श्राद्ध गर्न पर्दैन रे हो कि ? त्यसै भन्छन् । रेडियोमा नामै भने थ्यो रे । होला बुढा परिवारबाट साह्रै विरक्तिएका थिए । बाँचुन्जेल नपाएको सम्मान मरेपछि केको श्राद्ध, मरेपछि लोकको गाल छल्नलाई मात्र ।

गाउँघर सबै मेरा छन् तर के गर्नु मेरै परिवार मेरो कहिल्यै भएन । पूर्वजन्मको हो कि अहिलेकै हो यो परिणाम, जसलाई आफ्नो भने ऊ कहिल्यै आफ्नु भएन, जो आफ्ना जस्ता छन् उनीहरू घरका होइनन्, त्येति हो यहीँ मरे भने नानीबाबु हो यहाँ मलामी मेराभन्दा धेरै कसैका नहोलान् भनिरहनु हुन्थ्यो । घरमा शान्ति भए पो मनमा शान्ति हुनु । विचरा उनको पनि टोनीकै गति भएछ ? एकै दिन पो हो कि ? के अचम्म गुनी र बैगुनीको कति फरक छ हगि ? कुरा गर्दा गर्दै, एकहुल मान्छे कुद्दै आए । 

ए के भो ? के हुनु नि समावेशी बुढा छैनन् रे । सबैतिर कोलाहाल भयो तर उनकै घरमा न रुने थिए न कोलाहल गर्ने नै कोही थिए किनकि जो गुणी र गुनी थियो ऊ गइसकेको थियो । होस् पो को ? ती घरका मानिस हिजै साँझ नाइट बस रिजर्भ गरेर झापा गइसकेका थिए । खुनी र बैगुनीको त जुनी नै नहोस् है भगवान भन्दै बुढी आमै खुइय सुस्केरा हाल्दै थिइन । सबै जिल्ल भएर एकटक लाएर त्यही घरतिर फर्केर हेरिरहेका थिए । जुन घर सबैको आशाको केन्द्र थियो आज त्यही घर दिन दहाडै अन्धकार भएको देख्नु प¥यो बाबु हो के हेर्छौं अब शून्य भएको घर जाऊ । अब आआफ्नै घरतिर भन्दै अघि लागिन आमै, अनि सबै लाखापाखा लागे तर मनमा सबैको त्यही थियो समावेशी बुढा र उनकै कुकुर । 


Views: 177

Top