बालकविता : बाढीको ताण्डव

✍️ रञ्जुश्री पराजुली   POSTED ON : भदौ २६, २०७८ (७:५७ AM)

बालकविता : बाढीको ताण्डव

म सानो केटो बचाऊ मलाई बाढीले हुत्यायो

बाढीको प्रकोप गाउँमा छिर्‍यो नांगे झार तुल्यायो

गाउँ नै रित्याई

बाढीको भेल बारम्बार आउँछ घर खेत नै लुड्याउँछ 

पोहोरको बाढी उर्लेर आयो बस्ती नै डुबायो

आमा र बाबा गोठका जन्तु सबै नै बगायो 

बचेका अन्न गर्भिणी माउ यसपालि बगायो

बाटो र घाटो सडक र पुल चौपट्टै कमजोर

बगाई लग्छ चुडाई झार्छ कमजोर भएर

फैलन्छ दुःख कष्टको चित्कार आपत्को बेलामा

बाँचेका पनि धुरुरु रुन्छन् हात राखी निधारमा

चिप्लो गाडी हुत्येर आयो हालखबर बुझ्नलाई

आकाशमाथि चिलगाडी घुम्यो तस्वीर खिच्नलाई

पहेलो आला घाँटीमा बेरी हातहल्लाई हलो रे

रासन आउँछ भनेर फकाई हुँदैन अबेर रे ।

हाल : अमेरिका 


Top