कविता : नेपाल आमाको वेदना

✍️ बिबुशा खनाल   POSTED ON : आश्विन २, २०७८ (९:०९ AM)

कविता : नेपाल आमाको वेदना

आँखाबाट आँसु झार्छिन् उनी

नेपालको हालत देखेर,

उनी भन्ने गर्छिन्

नगर नराम्रो काम,

नराम्रो कामले

गर्छ आफ्नो भूमिको विनाश ।

उनी फेरि मनभरि सोच्ने गर्छिन्

बुद्ध जन्मेको देशमा,

आज किन शान्तिको अभाव छ ?

आँखाबाट आँसु झार्दै, फेरि उनी सोच्छिन्

यो सुन्दर देशमा आज किन

यस्तो भइरहेको छ ?

उनी फेरि नेपालीलाई

सम्झाउने कोसिस गर्दै भन्छिन्,

यो हाम्रो मातृभूमि जन्मभूमि हो ।

हे नेपाली हो,

मातृभूमिको अपमान नगर ।

तर, आज नेपालआमाको वेदना

न आमजनताले बुझे न नेताहरूले नै,

उनको आँखाबाट झरेको आँसुको

आज कुनै मोल भएन । 

Top