राष्ट्रकविलाई श्रद्घाञ्जलि

✍️ डा. माधव जोशी ‘लमजुङे’   POSTED ON : आश्विन १६, २०७८ (७:१९ AM)

राष्ट्रकविलाई श्रद्घाञ्जलि

नेपालीसँग नित्य राष्ट्रकविको श्रद्घा र सम्मान छ ।

लेखेका कविता र गीत रसिला हुन्छौं सबै मोहित ।।

जन्मी पुस्तुन गाउँमा लमजुङे नेपाल रत्नै भयौ ।

नेपाली हुनको र देश हुनुको अस्तित्व पस्की दियौ ।।१।।


सिंगो देश समाज संस्कृति सबै गथ्र्यौ सदा चिन्तन

झल्क्यो निर्मल सोच भाव भरिलो साहित्यको सिर्जन

देखायौ पथ प्राज्ञ भैकन स्वयं सारा विधाका धनी

प्रज्ञा ज्योति विशेष द्योतक भयौ पुस्ता नयाँ ल्याउनी ।।२।।


सोह्रै वर्ष उमेरदेखि सुरु भो साहित्यको थालनी

छापेका तब ज्ञानपुष्प पहिलो अत्यन्त हर्षै बनी

थाती काव्य ‘ऋतम्भरा’ अथकको नासो यही अन्तिम

सारा कीर्ति अनन्तसम्म रहने साहित्यको पोषण ।।३।।

लेख्यौ जोश र वीरपूर्ण कविता झण्डा समेटी अहो ,


नेपाली इतिहास वीरजनको गाथा यही बोल्छ पो,

झल्केको छ वसन्त प्राकृत बयाँ भावोन्मुखी अम्बरी,

पस्केका तब काव्य संग्रह दुई नैवेद्य पूजा गरी ।।४।।


साना नानी रमाउने प्रकृतिका धेरै कुरा गर्दिने

चारै पुस्तक रम्य वाल कविता उत्तेजना भर्दिने

लामो आयु सयौं वसन्त छिचली साहित्य पस्की रहृयौ

कस्तो निर्मल भावका चहकिला नौ खण्डकाव्यै दियौ ।।५।।


गौरी चर्चित खण्डकाव्य कविको रोई सबै पढ्दछन्

कोसेली रमणीय बाल कविता हाँसी सबै पढ्दछन्

पस्क्यौ काव्य सुधा सबै गहकिला छन् शोधका लायक

विद्यावारिधि शोध कार्य तपमा धेरै भए उद्यत ।।६।।


छन्दैमा अनमोल काव्य रसिला सिर्जेर छोडी गयौ

नौला नाटक गीत प्यार भरिला ऐय्या र आत्था दियौ

सादा जीवनमात्र यापन ग¥यौ उच्चै थियो भावना

छोडेनौ कविता निरन्तर सधैं साधी र≈्यौ साधना ।।७।।


धेरै मान पदै लियौ, शिखरमा प्रज्ञा पुरस्कार छ

गर्थे स्वागत मस्त प्राज्ञ जनले उल्लास मान्थे तब

विद्यावारिधि मान प्राप्त छ अहो ! मानार्थ जेठा कवि

सेनाको पदवी लियौ उपरथी मानार्थ ठूलो छवि ।।८।।


घुम्यौ गाउँ, पहाड धेर रुचिले नेपाल पे्रमी बनी

देख्यौ के रछ प्यार बन्धन पयो प्रेमास्पदै सम्झिनी

पोख्यौ प्रेम कथा र गीत रसिला मायालु चालाहरू

जोख्यौ भाव प्रभाव प्यार भरने बाला र मालाहरू ।।९।।


फुल्छन् फूल अहो ! सबै किसिमका छर्दै मजा वासना ।

गर्छन् दिव्य हिमाल शान कविकै मुस्कानको सम्झना ।

जुनकीरी उडने उपास्य गुरुको खोजी गरी रातमा ।

झ््याउँ्कीरी दिनमा रुने रनवनै डाँको छ नेपत्थ्यमा ।।१०।।


पाखा पर्वत शृंखला अझउँभै ताकी उँभो हेर्दछ ।

खोला नद्य सुसेल्छ प्रेम भरदै बग्दै उँधो झर्दछ ।।

क्वैली बोल्दछ साथ छन् कति चरी सम्झेर राष्ट्रै कवि ।

गर्वै गर्छु म आज राष्ट्रकविमा अर्पेर श्रद्घाञ्जलि ।।११।। 


Top