शोक र मोहको पर्याय मानिस

✍️ डा.गणेशप्रसाद घिमिरे   POSTED ON : आश्विन १६, २०७८ (७:४० AM)

शोक र मोहको पर्याय मानिस

एवमुुक्त्वाद्रर्जुुनः सङ्ख्ये रथोपस्थ उपाविशत्

विसृज्य सशरं चापं शोकसंविग्नमानसः ।

शोकले उद्विग्न भएका अर्जुुनले धनुुष बाँण फाले र रथको पछाडि बसे । यही हो शोक गीताका अर्जुुनको । यही हो मानिसको शोक जसले आफन्तमा आफ्नोपन देखेको हुुन्छ । यही आफ्नोपन शोक हो गीताका अनुुसार । गीताले शोकलाई जीवन मानेन । जीवन बाँच्ने आधार पनि मानेन । गीताले मानिसको जीवनको हतोत्साही अवस्था शोकलाई मानेको छ । शोकमा डुुबेर हतोत्साहमा बाँच्ने प्राणी हो मानिस ।

शोक मानिसको त्यो रूप हो जसले मानिसलाई दिन प्रतिदिन गतिहीन तुुल्याएको हुुन्छ । गतिहीनता जीवनको पर्याय बनेर आएको हुुुन्छ । मानिसका लागि प्रियवियोग र अप्रियसंयोग शोकको कारण बनेको हुुन्छ । यदि प्रियवियोग भएन र अप्रियको संयोग भएन भने मानिस शोकमा डुुब्दैन । त्यसैले यी दुुवै शोकका मूूल कारण हुुन् । शोकको अवस्थामा विद्यमान रहेको मानिसका लागि यी दुुवै कुरा समस्याका रूपमा देखापरेका छन् । यी दुुवै कुराले मानिसलाई सताएको छ । 

आज मानिस जसरी संसारमा दुुःखी छ त्यसको मूूलभूूत कारण यी दुुवै हुुन् । दुुवैबाट उम्कनका लागि मानिस निरन्तर लागिपरेको छ तर उम्कन सकेको छैन । यहीँबाट मानिसको जीवनमा समस्याको चाङ आइपरेको हुुुन्छ । यी दुुई कारणबाट मानिसमा चिन्ता, भय, त्रास, व्याकुुलता आएको छ । निरन्तर शोक र मोहमा डुुबेर समाजको सामाजिक मान्यतामा समान अवसर पाउँदा पनि दुुःखमा डुुब्नुु मानिसको अवस्था बनेको छ । 

जीवनको महत्तालाई नबुुझ्नुु पनि मानिसमा देखिएको कमजोरी हो । समाजका सबै कुरा शोक योग्य हुँदैनन् र संसारका सबै वस्तुु मोहका साधन होइन्न् । यी दुुवैको फेरमा परेको मानिस शोक र मोहको जालोमा फसेर जीवनका हरेक धर्म र कर्मलाई बिर्सिरहेको हुुन्छ । त्यसैले मानिसलाई शोक र मोहको पर्याय मानिएको हो । 

शोकको मूल :

मानिस समाजमा विद्यमान् हरेक क्रियाको प्रतिक्रिया हो । प्रतिक्रियामा समय खर्चिने मानिसका लागि जीवन पर्याय बन्न सक्ने आाधार उपस्थित भएको हुुन्छ । शोकको मूल कारणलाई मानिसले जीवनको महान् साधनको रूपमा स्वीकार गरेको पाइन्छ । मानिसका सबै क्रिया प्रतिक्रियाका रूपमा आएका हुँदैनन् । समाजका हरेक क्रियाले उसका शोकको भावलाई जीवन्त बनाएको हुुन्छ । त्यसैले शोकलाई जीवन्त बनाउन उसका हरेक क्रियाले समाजको सामाजिक परिवेशलाई आधार बनाएको हुुन्छ । मानिसको भावलाई उसको शोकलाई सम्झाउनका लागि गीतामा अर्जुुनलाई सम्बोधन गर्दै कृष्णले भनेका छन् 

अशोच्यानन्वशावेचस्त्वं प्रज्ञावादांश्च भाषसे ।

गतासूूनगतासूूंश्च नानुुशोतचन्ति पण्डिता ।

हे अर्जुुन ! तिमी शोक नगर्ने योग्य मानवका लागि शोक गरिरहेका छौ । जानेका जस्ता कुुरा पनि गरिरहेका छौ तर ज्ञानी जनहरू जसको प्राण समाप्त भइसक्यो र जसको प्राण बाँकी छ तिनका लागि कहिले पनि शोक गर्दैनन् । यहाँ कृष्णले अर्जुुनलाई शोकको कारण अज्ञान भनेका छन् । अज्ञान शोकको कारण हो भने ज्ञान शोकको परिहार हो । यही समग्रता नै शोकको पर्याय बनेको छ मानिसका लागि । त्यसैले शोक पहिलो कारण हो मानिसको चेतनाको मूल्यलाई कमजोर बनाउने आधार पनि हो ।

इन्द्रियबाट ग्राहृय र अग्राहृय सबै वस्तुु अनित्य छन् । संसारमा नित्यता कतै छैन । अनित्यको भुुँमरीमा फसेको मानिस नित्यको कल्पनामा सदा रमाएको हुुन्छ । नित्य अविनाशी हो, अनित्य नाशवान हो । नित्यको कल्पनामा हराएको मानिस अनित्यको कल्पनामा जीवित रहेको हुुन्छ । यही कल्पनाको आधार मानिसको शोकको कारण हो । शोक मानिसका लागि भोक र रोगको कारण हो । भोक मेट्नका लागि मानिस सदा क्रियाशील छ त्यसैले शोक बिर्सेको छ । भोकलाई शान्त पार्न ऊ रोगले ग्रस्त छ । यही दोधारको जीवन नै मानिसको जीवन आधार हो ।

मानिसका कर्ममा जो सत्य छ त्यो हुुन्छ र जो अनित्य वा असत्य छ त्यसको पहिचान सम्भव छैन । गीतामा कृष्णले नासतो विद्यते भावो नाभावो विद्यते सतः सत्य त्यो हो जसको नाश हुुँदैन असत्य त्यो हो जो कायम रहन सक्दैन भनेका छन् । यसलाई मानिसको सपनासित हेर्न सकिन्छ । मानिस सपना देख्छुु भनेर सुत्दैन । सपना देख्छ । सपना डरलाग्दा र रहरलाग्दा हुुन्छन् । डरलाग्दा सपनामा आत्तिन्छ र रहरलाग्दा सपनामा आफैं हराउँछ । जागेपछि सपनाका कुनै लक्षण र आधार रहँदैनन् । 

पहिला पनि सपनाको आधार थिएन जागेपछि पनि सपनाको साकार रूप रहेको हुुँदैन तर बीचमा सपनाको आधार भने विद्यमान थियो । सपनाको यही रूप मानिसका लागि शोकका कारण बनेको हुुन्छ । त्यसैले शोक कारण हो कार्य होइन । शोक जीवनलाई गतिहीन बनाउने आधार हो । मानिसलाई कर्मक्षेत्रबाट वञ्चित गर्नै साधन हो । त्यसैले शोकमा डुुबेका अर्जुुनलाई कृष्णले शोकबाट उतारेका हुुन् । 

मोहको मूल :

मोहको मूूल आधार अज्ञान हो । भ्रान्ति हो । भ्रम हो र भ्रममा परेर जीवनका हरेक वस्तुुमा आशक्ति जनाउनुु मोह हो । संसारको प्रपञ्चमा रम्नुु र त्यसमा आफूूलाई समर्पित गर्नु मोह मानिएको छ । त्यसैले मानिसको जीवन उत्कर्षलाई अपकर्षमा परिवर्तन गर्ने आधारलाई मोह मानिएको छ । सांसारिक वस्तुुको सञ्जालमा फसेर उत्रन नसक्नुु नै मोह हो । मानव जीवनका हरेक आधारलाई मोह मानिएको छ । यही मोहको पासोमा बाँधिनुु मानवीय चेतनाको आधार हो । यही आधारको भावलाई जीवन्त बनाउन सदा लागि पर्ने भावनाको आधारलाई मानिसले मोहको रूपमा सकारेको छ । यही मोहको जालो चिर्न नसकेर सदैव भ्रममा रमाउने आधारलाई मोह मानिएको छ । 

भ्रम सत्य होइन असत्य हो । भ्रम जीवनको आधार बन्न सक्दैन । जीवनको आधार र जीवन महत्वको पहिचान मोह हुुन सक्दैन । मानिसको जीवनलाई जीवन्त बनाउन र आधार प्रस्तुत गर्न सदैव भावनाको कदरमा गतिशील हुुने बिम्ब नै मोहको पहिचान हो । यही पहिचानलाई सदैव जीवन जगतसित गाँसेर अघि बढ्ने परम्पराको पहिचानलाई मानिसले मोहका रूपमा सकारेको पाइन्छ ।

शोक र मोहको पुुञ्ज मानिस हो । शोक र मोहबाट वञ्चित हुन नसक्नुु मानसिक चेतना हो । यही चेतनाबाट गहिराइमा पुुग्न नसक्नुु मानवीय भावना हो । यही मानव भावनाको गहिराइ मानिसका लागि सदैव गतिशील रहेको हुुन्छ । मोह र शोकको आधारमा जीवन्त रहेको मानिसलाई महत्वका साथ बाहिर ल्याउने आधार बीजलाई मानिसको भावनासित जोडेर हेर्न सकिन्छ । आफ्नो जीवनका सबै कर्मलाई चेतनाको संस्कारमा समाहित गरेर गतिशील हुुनुु मानिसको भावनाको सौन्दर्य मान्न सकिन्छ । यहीँ आएर मानिसको जीवन पद्यतिले विराम पाएको देखिन्छ ।

आजको मानिस शोक र मोहलाई शक्तिमा बदल्न सदा क्रियाशील रहेको छ । सदैव जीवनका हरेक समस्यालाई समस्याका आधारमा हेरेको पनि छैन । मानिस समस्याको समाधानमा निरन्तर लागिपरेको छ । आज मानिस आफ्ना भावनालाई गतिशील तुुल्याउनका निमित्त क्रियाशील छ । उसका हरेक क्रियाले जीवनका अनुुभूूतिलाई चेतनाको बाटोबाट अघि बढाइरहेका छन् । उसले आफ्नो चेतना र बुुद्धिलाई सक्रिय बनाएर जीवन्त बनाएको छ । परम्परामा आबद्ध रहेर जीवनका हरेक सन्दर्भको पहिचानमा मरिमेट्नुु मानिसको कर्मको फल हो । 

यही कारणले जीवनलाई वैज्ञानिक पद्यतिबाट उसले सदैव सहज अवतरणमा लगेको छ । मानिसका भावले सदा क्रिया र जीवनका आधारलाई सम्पन्न बनाएको छ । यही आधारको बीज हो चेतना । चेतनालाई मोह र शोकमा नफसाएर जीवन संग्रामा होमिनुु आजको मानिसको कर्तव्य र उसले दिन सक्ने आधार हो । यही आधारको केन्द्र मानिसको चेतनाको स्वरूप हो । 

चेतना जीवनको आधार हो । मानव विकासको चरण हो । जीवन पद्यतिको पर्याय हो । यो जीवनको अनुुभूूतिमा मानिसका हरेक भावले सदैव उसका क्रियालाई जीवन्त बनाएको हुुनुुपर्दछ । वैज्ञानिक सम्पन्नता, भागदौडको जीवन भोगाइ, त्यो भोगाइमा आउने समस्या, ती समस्याले ल्याउने तरंग र ती तरंगका भावमा निरन्तर भौँतारिरहने मानिस नै आजको मानिस हो । 

आजको मानिसमा भोगको चाहना, योगको आकांक्षा, जीवनप्रतिको मोह, परम्पराप्रतिको आग्रह सदा क्रियाशील बनेर रहेको छ । यी आजको मानिसका जीवनआधार हुुन् । यही आधारमा बाँचेको मानिस शोक र मोहको पर्याय बनेको छ । चाहना, आकांक्षा, भावना र जीवनका आधार व्यक्तिगत नबनेमा शोक र मोहबाट सदा गतिशील मानिस आजन्म मानिसका रूपमा रहनसक्ने आध्यात्मिक चेतनाले शोक र मोहबाट मुुक्ति खोजको छ । 


Top