नियम अकाट्य ब्रह्माण्डकै

नियम अकाट्य ब्रह्माण्डकै

मानौँ सात समुद्र पारि

पातालबाटै

आएको नाति

आफ्नी प्रियसी र दुई वर्षे

बज्यैको पनातिसँगै

छन् ओर्लेका काठमाडौं भ्याली

दर्शनार्थ, भेट, श्रद्धा अर्पण गर्न

वंश मुहानको सर्वमान्य आमा

जीवनचक्र सीमारेखा काटेको

साक्षात्कार हुन् ।

¨ ¨ ¨ ¨ ¨

गर्भबाट बाहिरिएपछि

सँगै भएको महान् नाता

सधैँ सुमधुर र मुस्कानमा

वंशलाई नै

रम्न सिकाउने सबैकी आमा

थिइन् मानौँ पर्खिबसेकी,

वंशपुच्छर र पुण्य दिन

नाति परिवार आगमन र

श्रीमान्को तिथि

खातिर जीवनचक्रको रेखा नाघ्दै,

महान् यात्रामा प्रस्थान गर्न ।

¨ ¨ ¨ ¨ ¨

ओछ्यानमा आराम गर्दा-गर्दै

पूर्णता प्राप्त शरीर

पसिनामा निथु्रक्क 

चोखो, हलुङ्गो र स्वच्छ पार्न

पुण्य तिथि श्राद्धअघि

एट्लान्टिक महासागर नाघ्दै, 

आएको नाति

नुहाएजत्तिकै पार्छ आमा

सकिन्छ श्राद्ध,

सिँगारिन्छिन् आमा पहेँलो टीकामा ।

¨ ¨ ¨ ¨ ¨

गर्छिन् स्वागत बुहारी,

खीर, फुलौरा र फर्सी

बिना कुनै विरोध

लिन्छिन् शुद्ध भोजन,

जीब्रो, पेट र मस्तिष्क खुशी पार्न ।

¨ ¨ ¨ ¨ ¨

अपर्झट

सन्तुष्ट तृप्त प्रसन्न आमा

लिन्छिन् निर्णय

जीवनचक्र सीमा काट्दै

पञ्चमहाभूतमा परिणत हुन,

शून्यमा बिलाउन

योग्य भएको साक्षी हुन

बढ्छिन् आमा योग्य भन्दै 

९७ उमेर पेश गर्दै ।

बोलाउँछ नाति

आमा ¤ आमा ¤¤ आमा ¤¤¤

छैन उत्तर

आँखा, अनुहारको जवाफ

भइन् अब आमा हाम्री

प्रकृतिकी सम्पत्ति ¤

¨ ¨ ¨ ¨ ¨

सँगै छ छोरो

वर्षौँ साथ नछोड्ने

सँगै सुत्ने

मातृसेवामा आफूलाई

खुशी र तृप्त पाउने ।

छैन भ्याएको पिण्डदानपछि

भोजन लिन, 

कता–कता छ उसमा आभास

महान् यात्रामा आमाको

छटपटी उसमा मातृ वियोगको

पोख्छन् चक्षु आँसु

तर रुन्छ मन, अनुहार सम्पूर्ण देह

काँडा बिझाएसरी हुन्छ शरीर ।

छोरी, बुहारी, खलक पूरा

सबैका मन रोएका

अनुहार हराएका

मातृविछोडको खलबली ।

प्रकृति भनूँ कि निष्ठुरी या देवी

नियम अकाट्य ब्र≈माण्डकै

महान् यात्रा अनिवार्य ।

¨ ¨ ¨ ¨ ¨

छिन् आमा सिँगारिएकी

पुजिएकी अबिर र फूलमाला

तर प्रतीक्षारत इन्तजारमा दाउरा

शैøया चिता पाउन

कहाँ छन् विद्युतीय चिता ?

बाहेक एउटा देखावटी

हात्तिका दारामा चलेको

सुन्दर रमणीय देश ।

छिन् ढुक्क आमा

प्रकृति सिङ्गै उनको साथ

फस्र्याउन सेलाउन

सद्गति दिन

ब्रह्माण्डकै सम्पूर्ण स्थान !


मरी जाने चोला

✍️ प्रा.डा. अर्जुनदेव भट्ट 

वरिष्ठ युरोलोजिस्ट

छोराको वर्षौंको सेवा-सुश्रूषा

आदर, उपचार पाएकी आमा,

प्यारो नाति आगमनको सन्तुष्टि ।

श्रीमान्को तिथि मिसाउँदै

९७ वर्षको उमेर पेश गर्दै,

जीवनचक्र समाप्त गर्छिन् ।

छोरोको चक्षु आँसुको वर्षा

मन अनुहार रुन्छ

सम्पूर्ण देह काँडाको बिझाइ खप्छ ।

छोरी बुहारी खलक रुन्छन्,

मातृविछोडको भुइँचालो

मन सबैको दुखाउँछ ।

 

नहोस् भनेकै भयो

आमाको सास रुक्यो,

मस्तिष्कले सबैतिर

जीवन अन्त्यको विगुल फुक्यो ।

मुटु रुक्यो,

देह महान् यात्राको

पञ्चमहाभूत परिणतको

प्रक्रियामा तल्लीन रह्यो ।

तर्सिएका मानव

आमाको महान्यात्राको

कामनामा जुटे,

अबीर फूलमालाले सिँगारे ।

तर, विडम्बना !

दाउरा पुगेन चितालाई

भयो विद्युत् ऊर्जा अभाव !

समाज, सरकार

अठोट ह्रास

हात्तीको दाँत

मौजुद इन्सिनेटर एउटा

सुन्दर रमणीय देश ।

नदीनाला छेलोखेलो

रोक वन विनाश

किन चाहियो नयाँ प्रविधि ?

मरी जाने चोला

खुशी हौँ ! रमाऔँ !!

पुण्यभूमि हाम्रो साथ !!! 

२०७८/६/१०

२६, सेप्टेम्बर २०२१


Top