महान् शरद् पर्व !!

✍️ बद्रीप्रसाद दाहाल   POSTED ON : आश्विन २५, २०७८ (७:५३ AM)

महान् शरद् पर्व !!

(छन्द-शार्दूलविक्रीडित)

पत्रैपत्रमिलेर फक्रिनगए, सौपत्र बेलीजुही ।

हाँस्दैछन् गुनकेशरी मखमली, गोदावरीऔ बुकी ।।

बास्ना हर्हरपारि जाततिउरे पाई रमाइन् धरा ।

नाच्छन् भृंग र माउरी सुर दिँदै, गंगानदी निर्झरा ।। 

 

फाट्यो बादलव्योमनिर्मल बनी, चम्के हिमालीशिला ।

लाग्दैछन् सम-शीतउष्ण सविता, छ्यौ धन्य हे शारदा ।। 

चन्द्रालोक सुधांशु सिञ्चन गरी, धर्ती भइन् जग्मग ।

नाना रंग प्रसूनफक्रनगए, धर्ती बनिन् मग्मग ।।

 २

वर्षा जाँगरिलीलिपेर धरती, निम्तागरिन् शारदी-

पर्वै पर्व धपक्क भई कुसुममा, देवीगर्‍यौ आरति ।।

कालीशक्तिदिने अपूर्व जगकी, निर्माणकी मंगला ।

लक्ष्मी हुन् धनधान्य बिम्बजगकी, हुन्नन् सधैं चञ्चला ।।

 ३

पर्देशी पति-पुत्र इष्टजनको, फिर्ती चल्यो गेहमा ।

माया प्रेम र स्नेहका कुसुमले, बास्नाबहृयो देशमा ।।

आफ्नामान्यवरिष्ठका वचनमा, टीकाप्रसादीलिँदै-

आयो पुण्य पवित्र चाड विजया, सन्देश नौलो दिँदै ।।

 ४ 

समाप्तम् 


Top