कविता-दशैं

✍️ प्रीति आत्रेय ज्ञवाली   POSTED ON : आश्विन २८, २०७८ (२:४८ PM)

कविता-दशैं

कसैको घरमा हर्षोल्लास छर्दै आएको छ

कसैको घरमा शोक भएर आएको छ

कोही स्वस्थ भएका छन् त कोही रोगी

कोही मीठो खान राम्रो लाउन तम्सिएका छन्

कोही खान लाउन नपाएर भौंतारिएका छन्


कसैको घरबार जोरिँदै गएका छन्

कसैको प्राकृतिक प्रकोप र घटनाले तोडिएका छन् 

कोही मिलनले खुशी भएका छन् त कोही बिछोडले तड्पिएका छन्

कोही तासमा मग्न छन् त कोही राहत सामग्रीमा भर परेका छन्


कसैलाई दशैं

दशैं भएर आएको छ भने

कसैलाई दशा भएर आएको छ

जे जस्तो भएपनि सबैले भोग्नु नै पर्ने 

त्यसैले

दशैंमा टीका हुनेले टीका लगाएर दशैं मनाऔँ

टीका नहुनेले आफन्त, साथीभाई भेटघाट गरेर मनाऔँ 

जसरी भएपनि सबै हाँसी खुशी रहौँ

कोही पनि दुःखी नबनौँ

सन्तुलित खानपान गरौँ

स्वस्थ रहौँ

सन्तोषी बन्दै सुखी हुँदै बाँच्ने प्रयास गरौँ

सबैको शुभ नै शुभ होस् 

सबैलाई प्रीतिको यही शुभकामना 

शुभ विजयादशमी ।


      फलित ज्योतिषाचार्य ( कवि, गीतकार एवं राशि स्तम्भकार )


Top