साहित्यिक पत्रकार संघमा नेतृत्व चयन

हिमालय टाइम्स   POSTED ON : मंसिर ५, २०७८ (७:५४ AM)

साहित्यिक पत्रकार संघमा नेतृत्व चयन

काठमाडौं । नेपाल साहित्यिक पत्रकार संघको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधानसम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । काभ्रेको बनेपामा सम्पन्न भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गंगा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशंकर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु चयन हुनुभएको छ । 

केन्द्रीय सदस्यमा गणेश राई, गायत्रीकुमार चापागाईं, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा.शैलेन्दुप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीप श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा हुनुभएको छ । बाँकी सदस्यको मनोनयन गरिने जनाइएको छ ।

विसं २०६३ मा स्थापित उक्त संघको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा.रेवतीरमण लाल र वासुदेव अधिकारी चयन गरिएको छ । सम्मेलनले साहित्यिक पत्रपत्रिकालाई राज्यले उपेक्षा गर्न नहुनेलगायत १३ बुँदे बनेपा घोषणापत्र जारी गरेको छ । कार्यक्रम नेपाल साहित्यिक पत्रकार संघका निवर्तममन अध्यक्ष नगेन्द्रराज शर्माको अध्यक्षतामा सम्पन्न भभएको थियो । नेपाल साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष रोचक घिमिरे कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो ।

Top