दुई दिवशीय साहित्य सम्मेलन सम्पन्न

हिमालय टाइम्स   POSTED ON : मंसिर ८, २०७८ (६:४७ AM)

दुई दिवशीय साहित्य सम्मेलन सम्पन्न

स्याङ्जा । स्याङ्जाको ज्याग्दीखोलाको चिन्नेवासमा ज्याग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको दुई दिवशीय साहित्य सम्मेलन सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यमा सम्पन्न साहित्य सम्मेलनमा साहित्यकार दिल साहनीलाई ‘विश्वराधा नेत्र पुरस्कार’ तथा चितवनका ईश्वरी ओझालाई ‘ज्याग्दीखोला साहित्य सम्मान’ प्रदान गरिएको थियो । सम्मेलनमा स्वदेशका सातै प्रदेश र भारतका विभिन्न स्थानबाट गरी ११६ जना साहित्यकारको सहभागिता थियो । 

ज्याग्दीखोला साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.डा.जगदीशचन्द्र भण्डारीले ‘गणतन्त्र प्राप्ति पछिका कविता’बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रा.डा.यदुनन्दन उपाध्यायले ‘गण्डकी प्रदेशका कविताको इतिहास’ प्रस्तुत गर्नुभयो ।

Top