अस्तित्व कथा विचार

✍️ पौडेल विमुन्स   POSTED ON : मंसिर ११, २०७८ (९:१८ AM)

अस्तित्व कथा विचार

दिनेश एक अब्बल कर्मचारी हो । समयमा अफिस पुग्नु, अफिस समयमा नितान्त जनताको काम गर्नु, समयमै घर पुग्नु र घरको समेत काममा सघाउनु दिनेशको दिनजचर्या हो । पटक्कै मन पर्दैन दिनेशलाई अफिस पुगेपछि फाल्तु गफ गरेर समय खेर फाल्न र घर पुगेपछि अफिसका कुराले फेरि तनाव लिन । समग्रमा भन्नुपर्दा दिनेश एक कुशल प्रशासक, कुशल गृहसञ्चालक, साथै असल पुत्र पनि हो । यति सबै कर्तव्य निष्ठापूर्वक पूरा गर्न पक्कै चानचुने कुरो होइन । तथापि उसले यी सबै जिम्मेवारीलाई पालन गर्न सकेको थियो । सबै दिनेशसँग खुशी थिए ।

यसपालि दिनेश सरुवा भएर खोर्वा गाउँ गयो । धेरैले चाहेर पनि परिवर्तन गर्न नसकेको यो गाउँमा दिनेशले पाइला टेकेको पहिलो दिन नै विकासका बाधकहरू को हुन भनेर चिन्यो । उनीहरूलाई नियन्त्रणमा राख्न सुरुकै दिनदेखि दिनेश प्रयासरत थियो तर सफलता हात परेको थिएन । दिनेशलाई पैसामा किन्न नसक्ने भेउ त्यहाँका अराजक व्यक्तिहरूको गिरोहले बुझेपछि उनीहरू अर्कै दाउपेच खेल्न थाले । 

दिनेशलाई आफ्नो घरमा चिया पिउने या कुनै बाहना बनाएर बोलाउन थाले । दिनेश फुर्सद हुँदा उनीहरूले बोलाएको ठाउँमा जाने गर्न थाल्यो र उनीहरूका गोप्य क्रियाकलापमा सूक्ष्म अध्ययन गर्न थाल्यो । दिनेशले यसरी उनीहरूको क्रियाकलापलाई कहिल्यै पनि जानकारी पाएको जस्तो भान हुन दिएन तर प्रहरी संयन्त्रलाई चाहिने सबै सूचनाहरू आफ्नो अनुकूलमा समेट्दै गयो । जुन उद्देश्यले दिनेश यो गाउँ आएको थियो त्यो उद्देश्य पूरा भएको दिन दिनेश प्रफुल्ल थियो । 

भोलि बिहान उसको यो गाउँ छोडेर आफ्नै गाउँ जानका लागि सरुवाको रमाना पत्र लिइसकेको थियो । रातभरि उसलाई निद्रा लागेन, उसले खोजी गरेको सूचना चानचुने थिएन । बिहान पनि चाँडै नै उसको आँखा खुल्यो र तयारीमा जुटिहाल्यो । झोला लिएर दिनेश घरबाहिर पाइलामात्र के टेकेको थियो उसको घरको बाहिर प्रहरी टुप्लुक्क आइपुग्यो र सर्च वारेन्टको कागज देखायो ।

दिनेशले सोध्न चाहृयो आखिर किन यस्तो सर्च गरेको केही भयो कुनै सूचना पाएर हो कि ? के हो आखिर अहँ प्रहरीले कुनै जवाफ दिएन र दिनेशको हात्मा गुडाउँदै लगेको झोला खोल्ने आदेश दियो । दिनेशले अचम्म मान्दै आफ्नो झोला खोलेर देखायो तर झोलामा जे भेटियो त्यस्तो सोचेकै थिएन, रमेशसँग न त सही उत्तर नै । 

प्रहरीले रमेशको गन्तव्य फेरिदियो । अब रमेश आफ्नो गाउँ फर्किनुपर्ने स्थानमा जिल्ला प्रहरी कार्यालय पुग्दै थियो, निःशब्द आफ्नो जीवनमा कहिल्यै दोष नव्यहोरेको रमेश, कहिलै अपराधीलाई नछोडेको रमेश, कहिल्यै पहिचान गर्नबाट नचुकेको रमेश आज कसरी यस्तो परिबन्धमा फस्यो उत्तर थिएन कसैसँग । रमेशलाई केही दिनपछि अदालतमा पेश गरियो र चर्का बहसहरू गरियो । ‘कसरी तपाईंको सुट्केसभित्र प्रमाण पुग्यो रमेशजी यदि तपाईं दोषी होइन भने ? तपाईंको सुट्केसमा अरूको पहुँच थियो ? या कसैमाथि शंका छ ? छैन तपाईंसँग जवाफ छैन किन कि यो अपराधको मुख्य डिजाइनर तपाईं नै हो । 

यसकारण तपाईं यो शहर छोडेर भाग्ने तयारीमा हुनुहुन्थ्यो ।’ वकिलले आफ्नो तर्क पेश गरे । रमेशलाई नजिकबाट चिन्ने र हरेक सत्यकार्यमा साथ दिने प्रहरीहरू यो दृश्यसँग सहमत थिएनन् जो अहिले यहाँ देखिएको छ । तर, कहाँ कसरी साटफेर हुन गयो कसरी यस्तो हुन सक्यो यसको जवाफ थिएन तर यतिमात्र सत्य के हो भने अहिले जे देखिएको छ त्यसमा सत्यता छैन र दोषीको स्थानमा हुनुपर्ने प्रमाणहरू कसरी रमेशको बन्द व्यागमा पुगे यो एक रहस्य थियो । 

कोही न कोही त अवश्य छ जो रमेशको निकै नजिक छ र रमेशको न्यायप्रेमदेखि त्रसित छ । रमेशको न्यायप्रेम सम्भवतः उक्त व्यक्तिको लागि घातकसिद्ध हुन सक्थ्यो तर उही घातकले दाउ आफ्नो हातमा पा¥यो र सदाझैँ आज पनि एक दोषीले आफ्नो अनुहार पर्दामा छोप्न सफल भयो र निर्दोषीले यो दोष आफ्नो टाउकोमा मडारिएको प्रष्ट देख्न सक्यो तर प्रतिवाद गर्न कुनै आधार तुरुन्त देख्न सकेन । 

के यदि रमेश निर्दो हो भने अब सायद यस अपराधको सजायमा जानसक्ने रमेश फेरि दोषी करार भएर केही वर्षपछि वास्तविक अपराधी भेटियो र रमेश निरापराध देखियो भने यस समयको क्षतिपूर्ति के छ, उसको सामाजिक मर्यादाको क्षतिपूर्ति के छ र उसले निःस्वार्थ बनेर गरेको देशको सेवा र इमानदारीताको बापत पाउनुपर्ने पदोन्नति, प्रतिष्ठा सम्मान को के अस्तित्व हुन्छ ? हाम्रो जनप्रशाशन र सम्बन्धित निकायले यसबारे कसरी आफैंलाई क्षमायाचना गर्नसक्ने आधार केही छ ? 

यदि छैन भने के त्यस्तो वास्तविकताको खोजी गर्ने सशक्त मानव पुँजीको निर्माण गर्नसक्ने वातावरण किन हामीसँग छैन, को हो जसले यो गम्भीर विषयमा योजना बनाउन चाहन्न र अन्य तमाम कम प्राथमिकताका विषयमा बजेट लगानी गरिन्छन् । हाम्रो समाजको विकासको दौड यस्तै कछुवाको गतिमा भइरहोस् र न्यायले स्थान पाउने वतावरण अझै नबनोस् यस्तो चाहन्छ ? र, उनीहरूकै अस्तित्व किन बलियो छ जसका बारेमा हामी स्पष्ट वक्ता बन्न सक्दैनौं र अझ उनकै पछि लगेर असत्य जान्दा जान्दै हो मा हो नारा लगाएर निर्लज्ज बनेर हिँड्छौं । हाम्रो अस्तित्व के हो ? यसरी अस्तित्वको र सत्यको खोजीमा हिँड्नेहरू कहिलेसम्म झुकिरहनुपर्ने हो ? 

Top